खेलकुद

डीपीएलको उपाधि कस्को पोल्टामा, काठमाडौं कि धनगढी ?

काठमाडौं, ३० चैत । धनगढीमा जारी दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि काठमाडौं गोल्डेन्सल र टिम चौराहा धनगढी भिड्दैछन् । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले हराउँदै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । धनगढी यस अघिनै फाइनलमा प्रवेश गरिसकेको थियो ।

हिजोको खेलमा गोल्डेन्सले टस हारेर ब्याटिङमा आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । १ सय ४३ रनको विजय लक्ष्यसहित मैदान प्रवेश गरेको काठमाडौं गोल्डेन्सले १८.२ ओभरमा उक्त लक्ष्य भेट्टायो ।

काठमाडौंको तर्फबाट सुबोथ भाटीले १७ बलमा ५२ रन बनाए । अमित श्रेष्ठले २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ र भुपेन्द्र थापाले १५ रन बनाए । महेन्द्रनगरका लागि पुनित मेहराले २ विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रोबिन क्षत्रीले १÷१ विकेट लिए । यसअघि १० रनमा ६ विकेट गुमाएको महेन्द्रनगरको तर्फबाट पुनित महेराले ५८ रन बनाए भने आरिफ शेखले ४३ रन जोडे ।

करण केसीले २१ रन र पुनित विष्टले ७ रन बनाउ“दा कप्तान विनोद भण्डारी, आसिफ शेख, हरिसंकर साह, रोहित पौडेल र भुवन कार्की शुन्यमा आउट भएका थिए ।