खेलकुद

बडी बिल्डिङको अध्यक्षमा विक र महासचिवमा बज्राचार्य

काठमाडौं, ३ चैत । हिमालय किङडम नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको अध्यक्षमा शिव लामिछाने विक निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो साधारणसभाले विकको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो । 
शुक्रबार बसेको पहिलो साधारण सभाले उपाध्यक्षमा जीवन मानन्धर, हरिकृष्ण डंगोल, दिनेश अमात्य, रविन्द्र श्रेष्ठ, नुना गुरुङ र रनबहादुर थेबे, महासचिवमा अजय वज्राचार्य, सचिवमा रुपेन्द्र गुरुङ र राजेन्द्ररत्न तुलाधर तथा कोषाध्यक्षमा पवन डंगोललाई चयन गरेको हो । 
यसैगरी नरेशकुमार मल्ल, राजेशरत्न महर्जन, रणुका श्रेष्ठ, केशव नागा, पदमलाल सिलाकार, किरणदास गौतम, रत्नलाल मानन्धर, सम्रात सापकोटा, रमेश श्रेष्ठ, दिपेन चौधरी, विक्रम लिम्बू, उमा बानियाँ, सुस्मा राई, भारती घले र रश्ना शाही सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रमाण पत्र वितरण गरे भने प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
साधारणसभाले संघको नामबाट हिमालय किङडम हटाइ नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेस मात्र राख्ने निर्णय गरेको छ ।