खेलकुद

नेपाली सामु बेलायती क्लब निरिह

काठमाडौं । अभ्यास खेलका लागि बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो खेलेमा शानदार जित हात पारेको छ । बुधबार राति भएको पहिलो अभ्यास खेलमा बेलायतको फ्रि फोरेस्टर क्रिकेट क्लबलाई नेपालले १ सय २९ रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको दुई सय ३६ रनको लक्ष्य पछ्याएको फ्रि फोरेस्टरले २९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । फ्रि फोरेस्टरलाई कम रनमै आउट गराउनमा बिक्रम सोम महत्वपूर्ण रहे ।
उनले चार विकेट लिए । यस्तै सन्दिप लामिछानेले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ७३ रनको योगदान गरे । यस्तै शरद भेषवाकरले ५०, पारस खड्काले ४०, सागर पुनले २१ रन बनाए । नेदरल्यान्ड्सस“ग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा खेल खेल्ने छ । साउन ४ गते नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच लड्र्स मैदानमा खेल हु“दैछ ।

३० असार, २०७३ ।