खेलकुद

सेमिफाइनलका खेल कहिले र को–को भिड्दै ?

काठमाडौं । युरोकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ। आइतबार राति फ्रान्सले आइसल्याण्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो। युरोकपको अन्तिम चारमा फ्रान्ससँगै पोर्चुगल, वेल्स र जर्मनी पुगेका छन्। पोल्याण्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको पोर्चुगलले सेमिफाइनलमा बेल्जियमलाई हराएर आएको वेल्ससँग खेल्नेछ। भने फ्रान्सले इटालीलाई हराएको विश्व विजेता जर्मनीसँग खेल्नेछ।

सेमिफाइनलका खेल आउँदो बिहीबारदेखि सुरु हुनेछन्।  बिहीबार राती पौने १ बजे पोर्चुगल र वेल्स तथा शुक्रबार राती पौने १ बजे फ्रान्स र जर्मनी भिड्ने छन्।

कुन खेल कति बेला ?
पहिलो सेमिफाइनल: पोर्चुगल भर्सेस वेल्स (असार २३ गते राति पौने एक बजे)
दोस्रो सेमिफाइनल : जर्मनी भर्सेस फ्रान्स (असार २४ गते राति पौने एक बजे)