खेलकुद

इटालीले स्पेनलाई पन्छायो, अब जर्मनीसँग भिड्ने

काठमाडौं ।  युरोकप फुटबल अन्तर्गत सोमबार राति भएको खलेमा स्पेनलाई २–० ले हराउँदै इटाली अघिल्लो चरणमा प्रवेश गरेको छ । स्पेनलाई पाखा लगाए पनि फेरि पनि इटालीले कडा प्रतिद्वन्द्व पाएको छ । उसले अब आउदो शनिबार जर्मनीको सामना गर्नुपर्ने भएको छ । यो खेल पनि फाइनल खेल जत्तिकै संघर्षपूर्ण हुने आकलन गरिएको छ ।

इटालीले स्पेनलाई हराएन मात्रै उले चार वर्ष अघि फाइनलमा भोगेको पराजयको बदला समेत लिन सफल भएको छ । स्पेनको लगातार तेस्रो पटक युरो जित्दै उपाधि माथि ह्याट्रिक गर्ने सपना समाप्त भएको छ।
सोमबार बेलुका भएको प्रिक्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई २–० ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा प्रवेश गरेको हो।
 
जितसँगै इटालीले चार वर्ष अघि स्पेनसँग फाइनलमा भोगेको ४–० को बदला समेत लिएको छ भने क्वाटरफाइनलमा जर्मनीसँगको भिडन्त पक्का गरेको छ।
 
इटालीले खेलको दुवै हाफमा एक एक गोल गर्यो। ३४ औं मिनेटमा डिफेन्डर जर्जियो चिलेइनीले गोल गर्दै इटालीलाई पहिले अग्रता दिलाए। एडरले प्रहार गरेको फ्रिकिक स्पेनका गोलरक्षक डेविड डे हेएले पुरै क्लियर गर्न नसक्दा प्राप्त अवसरमा चिलेइनीले गोल गरेका हुन्।
 
एक शुन्यले पछि परेको स्थितीमा स्पेन बराबरी गोल फर्काउनमै संघर्षतरत बन्यो। इटालीले अन्तिमसम्म उक्त अग्रतालाई कायमै राख्यो र खेलको अन्त्यतिर अर्को गोल थप्यो। स्ट्राइकर ग्राजियानो पेल्लेले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि इटली स्पेनलाई २–० ले हराउन सफल भयो।
 
सन् २००८ यताको तीन खेलमा स्पेनलाई पराजित गर्न नसकेको इटली महत्वपूर्ण जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ। जहाँ इटालीको भेट तीन पटकको युरो च्याम्पियन तथा विश्व च्याम्पियन जर्मनीसँग हुनेछ। जर्मनी प्रिक्वाटरफाइनलमा स्लोभाकियालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो।