खेलकुद

कोपा अमेरिका फुटबलः उपाधि चिलीकै पोल्टामा

पेनाल्टीमै चुक्यो अर्जेन्टिना
काठमाडौं ।  चिलीले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि हात पार्न सफल भएको छ । सोमबार विहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई हराउँदै चिलीले उपाधि हात पारेको हो । लियोनल मेसी पेनाल्टीमा चुकेपछि अर्जेन्टिनालाई हराउँदै चिलीले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो।

सोमबार बिहान अमेरिकाको न्यूजर्सीमा भएको फाइनलमा पेनाल्टी सुटआउटमा अर्जेन्टीनालाई ४–२ हराउँदै उपाधिमाथि कब्जा जमाएको हो। निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एक–एक खेलाडी रातो कार्ड खाएर मैदान बाहिर निस्किएका थिए । १०–१० जना खेलाडीमा सिमित भएको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

अर्जेन्टिनाका रोजो र चिलीका रोजासलाई रिफ्रीले रातोकार्ड देखाएका थिए । अतिरिक्त समयमा केही गोल गर्ने मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल पेनाल्टीमा गोल गर्नुबाट चुकेपछि पेनाल्टी सुटआउटमा चिली ४–२ गोल अन्तरले बजयि बन्यो ।

चिली सेमिफाइनलमा कोलम्बियालाई हराएर लगातार दोस्रो पटक फाइलन पुगेको थियो । यस्तै १४ पटक कोपा अमेरिकाको उपाधि उचालेको अर्जेन्टिनाले सेमिफाइनलमा आयोजक अमेरिकालाई ४–० फराकिलो गोल अन्तरमा फराकिलो जित हात पार्दै फाइनलमा पुगेको थियो ।

गएको वर्ष पनि अर्जेन्टिना र चिली नै फाइनलमा प्रतिस्पर्धा गरेका थिए। जुन खेल पनि पेनाल्टी सुटआउटबाटै विजेताको टुंगो लागेको थियो । गत वर्ष पनि चिली पेनाल्टीबाट विजेता बनेको थियो ।