खेलकुद

उपाधिको होडबाट केकेआर बाहिरियो

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पराजित हुँदै कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

एलिमिनेटरमा कोलकाता सनराइजर्स हैदराबादसंग २२ रनले पवराजित हुंदै प्रतियोगिताबाट बाहिरिएको हो । विजयी हैदरावादले भने अब फाइलन प्रवेशका लागि पहिलो क्वालिफाएरमा पराजित भएको गुजरात लाइन्ससंग दोस्रो क्वालिफाएरमा प्रतिस्पर्धा गर्नेछ । हैदरावादले प्रस्तुत गरेको एक सय ६४ रन लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४० रन बनायो । कोलकाताका मनिष पाण्डेयले २८ बलमा ३६, कप्तान गौतम गाम्भीरले २८ बलमा २८ तथा सूर्यकुमार यादवले १५ बलमा २३ रन बनाए । हैदरावादका भुवनेश्वर कुमारले तीन विकेट लिए । यसअघि दिल्लीमा पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ६२ रन बनायो ।

उसका युवराज सिंहले ३० बलमा ४४, मोइसिस हेनरिक्सले २१ बलमा ३१ तथा कप्तान डेविड वार्नरले २८ बलमा २८ रन बनाए । हैदरावादका कुलदीप यादवले तीन तथा युशुफ पठान र ज्यासन होल्डरले दुई दुई विकेट लिए । हैदरावादले शुक्रबार हुने दोस्रो क्वालिफाएरमा गुजरात लाइन्ससंग खेल्नेछ । यो खेललको विजेताले उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोरसंग खेल्नेछ । बैंग्लोर पहिलो क्वालिफाएरमा गुजरातलाई हराएर फाइनलमा पुगिसकेको छ ।