खेलकुद

एडिबी चम्किएपछि आरसीबी फाइनलमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गुजरात लायन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोर फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको पहिलो प्लेअफ खेलमा एबी डिभिलियर्स प्रेणित बैंगलोरले गुजरातलाई ४ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

बैंगलोरस्थित एम सिनेश्वामी स्टेडियममा गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य बैंगलोरले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जितसंगै बैंगलोरले आइतबार हुने फाइनलका लागी स्थान सुरक्षित बनाएको छ ।  जवाफी ब्याटिङमा उत्रिएको बैंगलोरले सुरुवात भने राम्रो गर्न सकेको नभए पनि खेलमा जित हात पा¥यो ।

मात्र २९ रन हुदा बैंगलोरले ५ विकेट गुमाईसकेको थियो । उसका कप्तान बिराट कोहली खाता नखोल्दै पेभेलियन फर्किएका थिए भने क्रिस गेल पनि ९ रनमा आउट भए । तर, नाजुक अवस्थामा पुगेको बैंगलोरको पारी तेस्रो नम्बरको ब्याट्सम्यान एबी डिभिलियर्सले सम्हाले । बैंगलोरको जितमा डिभिलियर्सले ४७ बलको सामना गर्दै अविजित ७९ रनको योगदान दिए । इकबाल अब्दुल्लाले अविजित ३३ रन बनाए । यस्तै उसका लोकेश राहुल सुन्यमा आउट हुदा शेन वाट्सनले एक रन मात्र जोड्न सके । गुजरातका धवल कुल्कर्नीले ४ तथा रबिन्द्र जडेजाले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा अलआउट हुदै १ सय ५८ रनको योगफल तयार गरेको थियो । गुजरातले खराब सुरुआत गर्दै मात्र ९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाईसकेको थियो । तर, गुजरातको पारी डायन स्मिथले सम्हालेका थिए ।
बैंगलोरको कसिलो बलिङसामु गुजरातको मध्यम योगफलका लागी स्मिथले ७३ रनको योगदान दिए । गुजरातको ओपनरहरु ब्रेन्डम म्याकुलम १ रनमा आउट हुदा अरोन फिन्च पनि ४ रनमा पेभेलियन फर्किएका थिए । त्यस्तै कप्तान सुरेश रैना पनि १ रनमा आउट हुदा दिनेश कार्तिकले २३ रन जोडेका थिए । बैंगलोरका सेन वाट्सनले चार तथा क्रिस जोर्डन र इकबाल अब्दुल्लाले समान दुई दुइ विकेट लिए ।
समुह चरणमा दोस्रो हुदै प्ले अफमा पुगेको बैंगलोरले उपाधिको लागी अब सनराइजर्स हैदरावाद र कोलकत्ता नाइड राइडर्सबीच बुधबार हुने दोस्रो प्ले अफको बिजेता र पहिलो प्ले अफमा पराजित गुजरातसंगको बिजेतासंग खेल्ने छ । आइपिएलको नियम अनुसार पहिलो प्ले अफमा पराजित हुने टोलीले एलिमेनेटरको बिजेतासंग पुन खेल्न पाउछ ।