खेलकुद

आईपीएलः गुजरात लायन्स शीर्ष स्थानमा

पञ्जाव अन्तिममा हुँदा धोनी पुछारबाट दोस्रोमा
काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गुजरात लायन्स तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राति कानपुरमा भएको खेलमा गुजरातले मुम्बइ इन्डियन्सलाई ६ विकेटले हराँदै  १८ अंकका साथ  तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले ८ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । उसका लागि नितिस रानाले सर्वाधिक ७० रन बनाए । यस्तै जोस बटलरले ३३ तथा रोहित शर्माले ३० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा खाता खोल्न सकेनन् । जवाफी ब्याटिङमा उत्रिएको गुजरातले मात्र ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि सुरेश रैनाले ५८ र ब्रेन्डम म्याकुलमले ४८ रन बनाए भने डायन स्मिथले नटआउट ३७ तथा रविन्द्र जडेजाले २१ रन बनाए । प्रतियोगितामा ७ मा जित र ७ मा हार बेहोरेको मुम्बाइ १४ अंक सहित छैठौं स्थानमा छ ।

जारी प्रतियोगितामा प्रितिजिन्टाको किग्स इलाभेन पञ्जाव अंकतालिकाको पुछारमा रहेको छ भने धोनीको राईजिङ पुणे सुरपरजायन्टस पुछारबाट दोस्रो स्थानमै सिमित बनेको छ ।