खेलकुद

उपाधि बार्सिलोनाले जित्यो, गोल्डेनबुट स्वारेजलाई

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा ग्रनाडालाई ३–० ल पराजित गर्दै बार्सिलोनाले २४ औं ला लिगा उपाधि जितेको हो । उपाधि दाबेदार रियल मड्रिडले लिगको आफ्नो अन्तिम खेलमा डिप्रोटिभो डी ला कोरुनालाई २–० ले हराए पनि बार्सिलोनाले उपाधि जित्न सफल रह्यो । बार्सिलोनाको जितमा लुइस स्वारेज नायक बने । स्वारेजले २२, ३८ र ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । गएको सिजनमा पनि ला लिगाले नै उपाधि उचालेको थियो ।

यसैबीच, क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई उछिन्दै बार्सिलोनाका स्टाइकर लुइस स्वरेज स्पेनिस ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो । शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वरेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे । यससँगै उनको ला लिगामा यो सिजन व्यक्तिगत गोल ४० भएको छ ।

उनले पछिल्लो ५ खेलमा मात्र १४ गोल गरेका छन् । स्वरेजले अब गोल्डेन बुट र पिचिचि अवार्ड पाउने छन् । गत वर्षका टप स्कोरर रियल मड्रिडका रोनाल्डो भने पाँच गोलले पछि पारे ।
बार्सिलोनाका मेस्सीले यो सिजन ला लिगामा २६ गोल गरेका छन् । उरुग्वेकका स्वरेजले यो सिजन ला लिगामा ३५ खेल खेले भने यो सिजन सबै प्रतियोगितामा गरेर ५२ खेलमा ६० गोल गरेका छन् ।