खेलकुद

विराटको शतकमा बैंग्लोर विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलामा रोयल च्यालेन्जर्स बैग्लोर ७ विकेटले विजयी भएको छ ।
राइजिङ पुणे सुपरजायन्टस विरुद्धको खेलमा विराट कोहलीको शानदार शतकको मद्धतमा बैंग्लोर विजयी भएको हो । खेलमा पहिले व्याटिङ गरेको राईजिङ पुणेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । जसका लागि राहणेले ४८ बल खेल्दै ७४ रनको योगदान दिएका थिए भने सौरभ तिवारीले ३९ बले खेल्दै अर्धशतक पूरा गरेका थिए ।
अन्य व्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । उक्त खेलमा रोयल च्यालेन्जर्सका सेन वाट्सनले सर्वाधिक तीन विकेट लिएका थिए भने जोर्डन तथा युजभेन्द्र चाहलले सामान १–१ विकेट लिएका थिए । १ सय ९२ रनको विजयी लक्ष्यकासाथ मैदानमा उत्रिएको बैंग्लोरले ३ बल बाँकी हुँदै विजयी लक्ष्य पुरा ग¥यो । बैंग्लोरलाई जिताउन विराट कोहलीले ५८ बल खेल्दै ८ चौका र ७ छक्काको मद्धतमा १ सय ८ रन बनाउँदै अभिजित रहे ।
त्यस्तै अन्य व्याट्सम्यान लोकेस राहुलले ३८ र सेन वार्टसनले ३६ रनको योगदान दिए । अरुले दोहोरो अंग बटुल्न नसकेपनि खेलमा जित हात पारे । आइपीएल अन्तर्गत आइतबार दुई वटा खेल हुँदैछन् । आइतबार हुने दुई खेलमध्ये पहिलो खेलमा मुम्बई इन्डियन्सविरूद्ध सनराइजर्स हैदराबादले मुम्बइमा दिउँसो ४ बजे खेल्नेछ भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्सविरूद्ध गुजरात लायन्सले कोलकातामा राति ८ बजे खेल्नेछ । यसअघि शनिबार पनि दुईवटा खेल भएका थिए ।