खेलकुद

कलेज प्रिमियर लिगको उपाधि हर्टल्याण्डले जित्यो

काठमाडौं । कलेज प्रिमियर लिग क्रिकेटको उपाधि हर्टल्याण्ड कलेजले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिम ऐकेडेमी धनगढीलाई ४ रनले पराजित गर्दै हर्टल्याण्डले २ लाख जितेको छ । एसपीएले एक लाखमा चिक्त बुझाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हर्टल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन बनायो । उसका लागि प्रदिप ऐरीले ३४ र भुवन कार्कीले २९ रन बनाए । अश्विनी मन्डनीले चार विकेट लिए भने सन्तोष भट्टले २ विकेट आफ्नो नाममा लेखाए ।
जवाफमा मैदान उत्रिएको एसपीएले २० ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र जोड्न सक्यो । उसका लागि अश्विनी मन्डनीले ५७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । विपिन चन्दले ३ र प्रदिप ऐरीले २ विकेट लिए । एसपीएका सन्दिप सुनार प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान पनि उनी नै बनेका छन् । हार्टल्याण्डका प्रदिप ऐरी उत्कृष्ट बलर बनेका थिए ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा हार्टल्याण्डले सान्त्वना कलेजलाई ४ रनले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको हर्टल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो ।
उसका लागि विपिन चन्दले ४३ रन बनाए भने भुवन कार्कीले १७ रन जोडे । जवाफमा मैदान उत्रिएको सान्त्वना कलेजले २० ओभरमा ९ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो । उसका लागि नरेश बुढायरले ३० रन जोडे भने प्रकाश विष्टले २१ रन बनाए । उसलाई सस्तैमा समेट्ने क्रममा आकाश साउदले ३ र भूवन कार्कीले २ विकेट लिए । त्यस्तै, सुदूरपश्चिम एकेडेमीले सीसीआरसीलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
पहिले ब्याटिङ गरेको सीसीआरसीले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो । उसका लागि शरद भेषावकरले ३१, कप्तान ज्ञानेन्द्र मल्लले ३० र मेहबुब आलमले २८ रन बनाएका थिए । जवाफमा मैदान उत्रिएको सुदूरपश्चिम एकेडेमीले १९ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायोउँदै फाइनलको यात्र गरेको भए पनि फाइलनमा हर्टल्याण्डसँग पराजित हुँदै उपविजेतामै सिमित बन्न पुगेको हो ।