खेलकुद

दोस्रो खेलमा नेपाल ३ विकेटले विजयी

काठमाडौ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत नेपालले दोस्रो खेलमा नामिवियालाई ३ विकेटले पराजित गरेको छ। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा कायमै राखेको छ ।

नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १०३ रनको योगदान दिए।

पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरे। यस्तै शरद भेषवाकर ७८ रनमा नटआउट रहे। उपकप्तान ज्ञानेन्द्र मल्लाले २२ रन जोडे भने विनोद भण्डारीले १२ रन जोडे। उनले १३ बलमा २ चौका प्रहार गरे। यस्तै नरेश बुढाएर ६ र राजेश पुलामी मगरले १ रन जोडेका थिए। यस्तैसागर पुन भने २ रनमै पभिलियन फर्केका थिए।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको पाहुना टोली नामिवियाले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३९ रन जोडेको थियो । नामिवियाका स्टेफन बार्डले सर्वाधिक ५१ रन जोडे। यस्तै जेन ग्रिनले ४७ रन जोड्दा सारेल बर्गर ४३ रनमा नटआउट रहे। यसैगरी जेपी कोट्जे ३२, निकोलास २२ तथा जेजे स्मिथले १४ रनको योगदान दिए।
नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दिप लामिछानेले समान २–२ विकेट लिए। यसअघि शनिवार भएको खेलमा पनि नेपालले नामिवियालाई ५ विकेटले नै पराजित गरेको थियो।