खेलकुद

नामिवियाविरुको दोस्रो खेल आज, नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपाल आज नामिवियासंग प्रतिस्पर्धा गर्दै छ । 
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा आज नेपालले अन्तिम खेलमा नामिवियासंग खेल्न लागेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल दोस्रो खेलमा पनि त्यहि लयलाई निरन्तरता दिने दाउँमा छ । करिब १५ हजार दर्शकका साथमा जित हात पार्ने लक्ष्यका साथ नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च रहेको छ । शनिबारको जितसंगै नेपाल आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताको दुई स्थान माथि उक्लिदै छैठौ स्थानमा पुगेको थियो । यसअघि नेपाल प्रतियोगिताको पुछारमा थियो । प्रतियोगिताको शीर्ष स्थानमा नेदरल्याण्ड रहेको छ भने दोस्रो स्थानमा हङकङ छ । आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ । सन् २०१८ सालमा हुने विश्वकप छनोटमा समेत स्थान हुने भएकाले प्रतियोगिताको शीर्ष चारमा पर्नका लागि पनि नेपाललाई अबका खेल एक दमै महत्वपूर्ण रहेको छ । सन् २०१५ देखि सुरु भई २०१७ सम्म चल्ने प्रतियोगितामा नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसंग पराजित भएको थियो ।