खेलकुद

इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं । भारतमा जारी  आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइलनमा आज उपाधिको दाबेदार न्यूजील्याण्ड र इंग्ल्याण्डले प्रतिस्र्धा गर्दैछन् ।

भारतको दिल्लीमा स्थानीय समयअनुसार बेलुकी ७ बजे समूह चरणमा कुनै पनि खेल नहारेको न्यूजील्याण्डले इंग्ल्याण्डसंग प्रतिस्पर्धा गर्दै छ । न्यूजील्याण्डले समूह चरणको पहिलो खेलमा आयोजक भारतलाई ४७ रनले पराजित गरेको थियो ।

 त्यस्तै, दोस्रो खेलमा ८ रनले अष्ट्रेलियालाई पराजित गरेको न्यूजील्याण्डले तेस्रो खेलमा पाकिस्तानलाई २२ रनले हराएको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई न्यूजिल्याण्डले ७५ रनले पराजित गरेको थियो । यता, इंग्ल्याण्डले भने पहिलो खेलमा वेष्ट इन्डिजसंग ६ विकेटको हार ब्यहोरेको थियो । सुधारिएको प्रदर्शन गर्दै इंग्ल्याण्डले दोस्रो खेलमा दक्ष्ँिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो भने तेस्रो खेलमा अफगानिस्तानलाई १५ रनले पराजित गरेको थियो ।
अन्तिम खेलमा साविक विजेता श्रीलंकालाई १० रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको थियो । भोलि हुने न्यूजील्याण्ड र इंग्ल्याण्डको विजेताले फाइलनमा स्थान बनाउने छ । त्यस्तै, विश्वकपको दोस्रो सेमिफाइलनअन्तर्गतको भारत र वेष्ट इन्डिजबीचको खेल बिहीबार हुने छ ।