खेलकुद

विराट चम्किएपछि भारत अन्तिम चारमा प्रवेश

काठमाडौं । आईसीसी विश्व टी–२० अन्तरगत आइबार राति भएको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै भारत सेमिफाइनलमा पुगेको छ ।

भारतको मोहालीमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले १६० रन बनाएको थियो । अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्यलाई भारतले ५ बल बाँकी रहदै ६ विकेटको क्षतिमा विजयी भएको हो ।

जीतका लागि भारतका ब्याटम्यान कोहलीले ८२ रन,युवराज सिंहको २१ रन कप्तान महेन्द्र सिंह धोनीले नटआउट १८, शिखर धवनले १३ र रोहित शर्माले १२ रन बनाएका थिए ।

यस्तै भारतका लागि हार्दिक पान्ड्याले दुई नेहरा, बुमराह, अश्विन र युवराज सिंहले एक एक विकेट लिएका थिए ।

यस्तै पहिले व्यटिङ गरेका अस्ट्रेलियाका खेलाडी एरोन फिन्चले ४३, ग्लेन म्याक्सवेलले ३१, उस्मान खावाजाले २६ तथा सेन वाट्सनले नटआउट १८ रन बनाएका थिए । तर यो जीतका लागि प्रयाप्त हुन सकेन ।

यसैगरी भारतको जित संग ट्वेन्टी–ट्वेन्टी विश्वकपको सेमिफाइनलमा पुग्ने चारै टोलीको टुंगो लागेको छ । समूह एक बाट वेष्ट इन्डिज र इंग्ल्याण्ड र समुह दुईबाट न्युजिल्याण्ड र भारत पुग्न सफल भएका छन ।