खेलकुद

फुटबलका किरण र ब्याडमिन्टनकी नङ्सल उत्कृष्ट खेलाडी

काठमाडौं, २७ भदौ । फुटबलका किरण चेम्जोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ बर्षका उत्कृष्ट खेलाडी  घोषित भएका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्डमा किरण पुरुष र नङ्सल महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उपाधिसँगै दुबैले बजाज मोटरसाइकल प्राप्त गरे । 
यस्तै पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड एथ्लेटिक्सकी कान्छीमाया कोजुले जितेकी छिन् । स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड एथ्लेटिक्सका पुष्पराज ओझाले जिते । दुबैले बजाज मोटरसाइकल प्राप्त गरे । 
त्यस्तै पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्डबाट गल्फ प्रशिक्षक घनश्याम थापा सम्मानित भए ।  पल्सर स्पोर्ट्स अवार्डको युवा खेलाडीको अवार्ड भने जुडोकी मनिता श्रेष्ठ प्रधानले जितेकी छिन् । यस्तै टिम अफ दि इयरको उपाधि नेपाली पुरुष भलिबल टोलीले हात पर्दा पारा एथलेटिक अवार्ड ब्लाईन्ड क्रिकेटर पदम बडेलले हात पारे  । उनीहरुले समान ५० – ५० हजार नगद पुरस्कार पाए ।