खेलकुद

यू–१९ एसिया कप छनोटः नेपाल र थाइल्याण्ड भीडन्त

काठमाडौं, २६ भदौ । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटको पहिलो खेलमा आज नेपाल र थाइल्याण्डबीचको खेल जारी छ ।  खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजेबाट शुरू भएको हो । 
मलेसियास्थित क्लब अमानमा थाइल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।  नेपाल पहिलो पटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिएको छ । एसिया कप छनोटमा ८ टोलीको सहभागिता रहेको छ । 
राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले नोभेम्बरमा मलेसियामा नै आयोना हुने युथ एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टोलीमा  दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन

प्रतियोगिताकै कमजोर टिम मानिएको थाइल्याण्डविरुद्ध नेपाल सहज जीतको खोजीमा रहेको छ ।  । पहिलो खेलमा जित निकाल्दै नेपाल एसिया कपको लागि छनोट हुन चाहन्छ । छनोटको समूह ए मा रहेको नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । 
समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् ।  छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।