खेलकुद

युएस ओपन टेनिसमा महिलातर्फ स्टेफेन्सलाइ उपाधि

काठमाडौं, २५ भदौ । अमेरिकी खेलाडी स्लोअना स्टेफेन्सले बर्षको अन्तिम तथा चौथो ग्राण्डस्लाम प्रतियोगिता युएस ओपन टेनिसको उपाधि जितेकी छिन्  ।  युएस ओपनको महिला एकलतर्फ शनिबार राति भएको फाइनलमा आफ्नै देशकी मैडिसन किजलाई पराजित गर्दै  स्टेफेन्सले उपाधि जितेकी हुन् ।
अमेरिकाको न्युयोर्कमा भएको खेलमा ८३ औं बरियताकी स्टेफेन्सले १५ औं बरियता प्राप्त मैडिसनलाई ६ – ३ र ६ – ० को सेटमा पराजित गरिन् । पहिलो पटक फाइनल पुगेकी स्टेफेन्सको यो करियरको पहिलो युएस ओपनको उपाधि हो ।
यसअघि २४ बर्षिय स्टेफेन्सले सेमिफाइनलमा नवौ बरियताकी भेनस विलियम्स र मैडिसनले आफ्नै देशकी कोको भेन्डेवेघेलाई पराजित गरेर फाइनलमा स्थान बनाएकी थिइन् ।