खेलकुद

ताजिकिस्तानविरुद्ध घरेलु मैदानमा मंगलबार भिडन्त

काठमाडौं, १८ भदौ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल अर्को प्रतिस्पर्धाको नजिक आइपुगेको छ । समूहका अन्य दुई टोलीको सामना गरिसकेको नेपालले तेस्रो खेलमा ताजिकिस्तानको सामना गर्दैछ । खेल हुन अब मात्र २ दिन बाँकी छ । यी दुई टोलीबीच भदौं २० मंगलबार मैदानमा उत्रिदैछन् । 
एएफसी एसियन कप छनोटको खेल हलचोकमा नभई सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टफ’ मा हुने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । छनोट चरणभरमा नेपालले ३ होम र ३ अवे खेल खेल्नु पर्नेछ । जस्मद्धे १ अवे र १ होम खेल नेपालले खेलिसकेको छ ।
यसअघिका २ खेलमा नेपालले १ मा हार र अर्कोमा बराबरी गरेको थियो । अघिल्लो बर्षको चैतमा फिलिपीन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठको अन्त्यमा घरेलु मैदानमा यमनसँग गोलरहित बराबरी खेलेको थियो । अंक तालिकामा शीर्षस्थानमा रहेको फिलिपिन्सको ६, यमनको ४, नेपालको १ र पुछारमा रहेको ताजकिस्तान अंक विहिन छ ।
ताजकिस्तानविरुद्धको लागि अन्तिम नामावली
गोलकिपर – विकेश कुथु, विशाल श्रेष्ठ, किरण चेम्जोङ
रक्षक – विराज महर्जन, जितेन्द्र कार्की, कमल श्रेष्ठ, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, आदित्य चौधरी
मिडफिल्डर – हेमन गुरुङ , हेमन्त थापा मगर, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सुनिल बल, रोहित चन्द, अञ्जन विष्ट, सुमन लामा
फरवार्ड – नवयुग श्रेष्ठ, भरत खवास, विमल घर्ती मगर, जर्ज प्रिन्स कार्की
प्रशिक्षक टोली – ग्यातुको कोजी (प्रमुख प्रशिक्षक), राजु शाक्य (प्रशिक्षक), उज्वल मानन्धर (गोलकिपर प्रशिक्षक)