खेलकुद

भलिबल खेलाडी सम्मानित

काठमाडौं, १५ भदौ । माल्दिभ्सको मालेमा चैत्र ९ देखि १७ सम्म संचालन भएको एभिसी एशियन सेन्टर जोन तेश्रो सिनियर भलिबल प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने नेपाली पुरुष भलिबल खेलाडी सम्मानित भएका छन् ।  युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सचिव महेश दाहाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मालगायतले खेलाडीलाई पुरस्कृत गरे ।

खेलाडी, प्रशिक्षक र ब्यावस्थापक गरि १५ जनाले जनहि एक–एक लाखले नगद प्राप्त गरे । माल्दिभ्समा सम्पन्न एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानसँगको प्ले अफमा ३–० ले पराजित भएपछि नेपाल तेस्रो स्थानमा सिमित भएको हो ।