खेलकुद

नेपाली राइनोजले अमेरिकामा डीपीएल खेल्ने

काठमाडौं, १४ भदौ । नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर लिग (डीपीएल) खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो ।
नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित खेलाडीहरुले विभिन्न क्लबवाट सहभागिता जनाउने गर्दछन् । नेपालको राष्ट्रिय टोली तथा युवा टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीहरुको पहलमा स्थापित नेपलिज राइनोजले यहाको विभिन्न प्रतियोगितामा भाग लिदै आएका छन् । त्यसमध्ये केही प्रतियोगिताको उपाधि समेत जितेका छन् ।
नेपलिज राइनोज क्लबबाट यहा रहेका तथा नेपालका समेत राष्ट्रिय टोलीका खेलाडी समेत समावेश गरिने क्लबका नियमित सदस्य सागर पन्तले बताए । 
विगतमा यस प्रिमियर लिगमा सहभागि भएका अन्य क्लबवाट आफुहरुले प्रतिनिधित्व गरेपनि अहिले भने आफुहरुकै क्लब सहभागि गराउन सकिएकोमा खुशी व्यक्त गर्दै उनले शशक्त टोलीको रुपमा क्लबलाई उभ्याउने योजना रहेको छ । 
२० हजार डलर राशीको लिग प्रतियोगितामा सहभागिताका लागि खर्च समेत अत्यधिक हुने भएपनि नेपलिज क्रिकेट क्लबलाई माया गर्ने सबैको साथ र सहयोगले संभव भएको क्लबका अध्यक्ष थलराज पन्तले बताए । 
डिपिएलका लागि टोलीका नियमित सदस्य वरदान चालिसे, सागर पन्त, राकेश कर्ण, आशिक लामा, किरण श्रेष्ठका लगायतका साथैं नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी कनिस्क चौगाईं सहित अन्य खेलाडीलाई खेलाउने तयारी क्लबले गरेको छ ।