खेलकुद

बंगलादेशविरुद्धको दोस्रो खेल पनि जित्ने दाउमा नेपाल

काठमाडौं, १४ भदौ । नेपाली राष्ट्रिय भलिबल टोलीले बंगलादेश विरुद्धको दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । पहिलो मैत्रीपूर्ण खेलमा ३–१ को सेटमा जित हात पारेको नेपालले आज दोस्रो खेलमा पनि जित हासिल गर्ने दाउका साथ मैदान उत्रिन लागेको छ । 
खेल लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रमा हुनेछ । मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो सेट गुमाएको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बाँकी सेटमा जित हात पारेको थियो । 
२७–२५ ले पहिलो सेट गुमाएको नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै जित हात पा¥यो । बंगलादेशमाथि नेपालले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१६ ले जित हात पारेको थियो । 
त्यस्तै, चौथो सेट भने २५–२३ ले आफ्नो पक्षमा पार्दै नेपालले पाहुना टोली बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको हो । नेपाली पुरुष भलिबल टोलीको स्तरबृद्धि र नियमित तयारीको लागि नेपाल भलिबल संघको आग्रहमा बंगलादेशको टोली नेपाल आएको हो ।