खेलकुद

नेपालीहरुका लागि “फ्यान्टसी लीग”

काठमाडौं, १२ भदौ । इंगलिस प्रिमियर लीग नेपाली दर्शकहरुका माझ निकै नै लोकप्रिय छ। यो लीग नेपालमा प्रचुर मात्रामा रुचाइएको फुटबल प्रतियोगिता हो र यस प्रतिको रुचि र उत्साहलाई सम्मान गर्दै र त्यसैलाई नै लक्षित गर्दै यो लीगको निर्माण गर्ने धारणा सुरुमा आएको कुरा fantasy nepal का व्यवस्थापन कमिटीको थियो। यसै उत्साहको लहरमा अझ बढी रौनकता र मनोरंजन थपी सुनमा सुगंध होस् भन्ने हेतुले fantasy Nepal लन्च भएको छ।

श्रावण २१ गते शनिबार राति नेपाली जनसमुदायमा रहनुभएका फूटबल प्रशंसकहरुका लागि भनेर Fantasy Nepal Pvt Ltd. ले फ्यान्टसी लीगको प्रवर्तन गरेको छ। नेपालीहरुको फूटबलप्रतिको माया, उत्साह र उत्सुकतालाई ध्यानमा राखेर यो लीगको सुरुवात गरिएको यसका निर्माताहरुको भनाइ रहेको छ। हजुरहरु मध्ये धेरै जना यस प्रकारको लीगका बारे अनविज्ञ हुनसक्नुहुन्छ। काल्पनिक माहोलमा सामाजिक संजालमा खेलिने फुटबलका थुप्रै खेलहरु बनिसकेका छन्। त्यसमा पनि इ.पी.एल को फ्यान्टसी लीगको लोकप्रियता निकै धेरै छ। “फ्यान्टसी नेपाल” पनि केहि हदसम्म त्यसैबाट प्रभावित भएको छ र नेपाली तड्का दिइएको छ। नियम देखि लिएर खेल्ने शैलीमा विविधता छ भने, यो लीग नेपालीहरुको लागि मात्र उपलब्ध छ। रु १०००को काल्पनिक बजेटमा प्रत्येक हप्ताका लागि १५ जना खेलाडीहरु छान्नुपर्नेछ र तिनै १५ मध्ये ११ जनालाई मात्र खेलाउन मिल्नेछ। तिनै ११ जना खेलाडीले वास्तविक खेलमा गरेको प्रदर्शन अनुसार अंक प्राप्त हुनेछ र त्यसै अंकअनुसार टीम बनाउने व्यक्तिले अरुहरुसंग प्रतिस्पर्धा गर्नुहुनेछ। यो प्रतिस्पर्धा ३८ हप्ताका लागि निरन्तर चलिरहन्छ। हरेक हप्ताका विजेता र सबै हप्ताको अंक जोडेर सबैभन्दा धेरै अंक ल्याउनुहुने सहभागीलाई “फ्यान्टसी नेपाल”का आयोजक फ्यान्टसी नेपाल प्रा.लि ले विशेष पुरस्कारहरुको व्यवस्था गरेको छ।

उक्त लीग  www.fantasynepal.com मा गएर वा Fantasy Nepal को एन्ड्रोइड app मा गएर पनि खेल्न मिल्ने छ। नेपालमा सुरु भएको यो नयाँ प्रयोगले यसपाली को इंगलिस प्रिमियर लीगमा अझ बढी उत्साह र रोमांच थप्ने निश्चित छ।