खेलकुद

साफ यु–१५ः नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, ९ भदौ । साफ यू–१५ फुटबल च्याम्प्यिनसिप अन्तर्गत सेमिफाइनलमा दुबै खेल शुक्रबार हुँदैछन् । नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुँदैछ भने हलचोकस्थित हलचोकमा नेपाल एपिएफको मैदानमा भारत र भुटान भिड्दैछन् । 
साविक विजेताको हैसियतमा नेपाल आएको बंगलादेशलाई हराउन त्यहि सहज भने छैन । समूह चरणका दुई खेलमा बंगलादेशले ७ गोल गरिसकेको छ । श्रीलंकालाई ४–० र बंगलादेशलाई भुटानलाई ३–० ले हराउँदै बंगलादेश समुह ‘ए’ को विजेता बनेको थियो ।
पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको नेपाल अर्को खेलमा भारतसँग २–१ ले पराजित भएपछि समूह ‘बी’ को उपविजेता बनेको हो।
त्यस्तै शुक्रबार नै हुने अर्को खेलमा भारत र भुटानमध्ये भारतलाई प्रतियोगिताको दाबेदार मध्ये एकका रुपमा हेरिएको छ ।  माल्दिभ्सलाई ९–० र नेपाललाई २–१ ले हराएपछि भारत समूह ‘बी’ को विजेता बनेको थियो । श्रीलंकालाई पहिलो खेलमा ६–० ले हराएको भुटान अर्को खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो, जसका कारण टोली समूह ‘ए’ को उपविजेता मात्र बनेको थियो ।