खेलकुद

महिला टि ट्वान्टी विश्व कपमा नेपाल कहिले काेसँग भिड्दै ?

काठमाडौं, ९ भदौ ।  नेपाल समेत सहभागी रहेको महिला टि ट्वान्टी विश्व कपका लागि एसियाली छनोटको खेल तालिका सार्वजनिक भएको छ । एसियाली छनोट मंसिर ४ देखि ११ गते सम्म थाइल्यान्डको बैंककमा हुनेछ । छनोटमा नेपालसहित थाइल्यान्ड,हङकङ, संयुक्त अरब इमिरेट्स (यूएइ) र चीनको सहभागिता रहनेछ । सहभागी पाँचै टोलीले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहेका दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । छनोटको विजेताले अर्को बर्ष वेस्ट इन्डिजमा आयोजना हुने टि ट्वान्टी विश्व कपमा एसियाको प्रतिनिधित्व गर्नेछ ।
आयोजक थाइल्यान्डसँग मंसिर ४ गते खेल्दै नेपालले छनोटको यात्रा प्रारम्भ गर्नेछ । त्यसको भोली मंसिर ५ गते पल्ट हङकङको सामना गर्ने नेपालले मंसिर ७ गते युएइ र मंसिर १० गते चीनसँग प्रतिस्पर्धा गर्नेछ ।
एसियाली छनोटमा नेपालले कहिले काेसँग खेल्दै 
थाइल्यान्ड –   मंसिर ४ गते
हङकङ –     मंसिर ५ गते
युएइ –           मंसिर ७ गते
चीन –            मंसिर १० गते