खेलकुद

साफका लागि नेपाली यू–१५ टोलीमा को को ?

काठमाडौं, २ भदौ ।  शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् ।
युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, विपिन थापामगर, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी र रन्जन पुन रहेका छन् ।
अन्जल महर्जन, अहसिम गुरुङ, दर्शन गुरुङ, कार्लोश बखारियाम्फ, विशाल सुनार, सौगात खवास, आकाश बुढामगर, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल र अशोक किङरिङ टोलीमा अटाएका छन् ।
टोलीको गोलकिपिङ प्रशिक्षकमा बिकास मल्ल रहेका छन् । टिम म्यानेजरमा रविन्द्र जोशी, टिम अफिसियलमा अच्युतराज घिमिरे र फिजियोमा राजु दाहाल रहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।