खेलकुद

रेफ्रीलाई धकेलेका रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध !

काठमाडौं, ३१ साउन ।  रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोलाई पाँच खेलको प्रतिबन्ध लागेको छ । स्पेनिस सुपर कप फुटबल अन्तर्गत बार्सिलोनाविरुद्ध रातो कार्ड र रेफ्रीलाई दुर्व्यवहार गरेपछि स्पेनिस फुटबल फेडेरेसनले रोनाल्डोलाई ५ खेलको प्रतिबन्ध लगाएको हो ।
बार्सिलोनामाथि ३ – १ को जित निकाल्ने क्रममा रोनाल्डोले एक गोल गरेका थिए । तर, गोल गरेपछि खुलियाली जनाउने क्रममा रोनाल्डोले जर्सी फुकालेका कारण पहेलो कार्ड पाएका थिए । त्यसको एक मिनेट नबित्दै रोनाल्डोले डाइभ हानेको भन्दै रेफ्रीले दोस्रो पहेलो कार्ड देखाउँदै रातो कार्ड दिएका थिए । बल अघि बढाउने क्रममा बार्सिलोनाका स्यामुएल उम्टिटीले फल हानेको जनाउँदै रोनाल्डो बार्सिलोनाको बक्सभित्र लडेका थिए । रातो कार्ड पाएर मैदानबाट बाहिरिने क्रममा रोनाल्डोले रेफ्री रिकार्डो डि बुर्गोसलाई हातले धकेलेका थिए ।
३२ वर्षका रोनाल्डोलाई  रातो कार्डबापत एक खेल र रेफ्रीलाई दुर्व्यवहार गरेवापत ४ खेलको प्रतिबन्ध लागेको हो । तर, रोनाल्डोले अब चार खेलको प्रतिबन्धविरुद्ध अपील गर्न भने पाउनेछन् । प्रतिबन्धपछि रोनाल्डोले अब घरेलु मैदानमा आगामी बुधबार हुने दोस्रो लेग गुमाउनेछन् ।
यस्तै रोनाल्डोले ला लिगा अन्तर्गत आगामी सेप्टेम्बर २० मा हुने रियल बेटिस तथा त्यसपछि हुने डिप्रोटिभो ला कोरुना, भ्यालेन्सिया, लेभान्टे र रियल सोसिडाडसँगको खेल गुमाउने छन्  । तर रोनाल्डोले च्याम्पियन्स लिग भने  खेल्न पाउनेछन् ।