खेलकुद

बार्सिलोना विजयी, चापेकोएन्स ५–० ले पराजित

काठमाडौं,  २४ साउन । (एजेन्सी)–  स्पेनिस ला लिगा क्लब बार्सिलोनाले गएको वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडी गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ । नाउ क्याम्पमा सोमाबार राति भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले चापेकोएन्सलाई ५–० ले हराएको छ ।

खेलमा यहि सिजन एभर्टनबाट बार्सिलोना आएका जेरार्ड डेउलोफेउ, सर्जियो बसक्वेट्स, लियोनल मेस्सी, लुइस स्वागरेज र डेनिस स्वारेजले गोल गरे ।  चापेकोएन्स गएको वर्ष भएको विमान दुर्घटनामा परेर पनि बाँच्न सफल भएका एलन रुशेलको कप्तानीमा खेलेको थियो । विमान दुर्घटनामा परेर बाँच्न सफल भएका तीन खेलाडी मध्ये रुशेल मात्रै मैदान फर्किन सफल भएका छन् । 

एर्नेस्टो भाल्भेर्डेले बार्सिलोनाको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नाउ क्याम्पमा भएको यो पहिलो खेल हो । ५३ वर्षका भाल्भेर्डेले लुइ इन्ड्रिकको ठाउँ लिएका हुन् । चापेकोएन्सले २५ नयाँ खेलाडी अनुबन्ध गरेर अहिले टिम पूरा गरेको छ । 

बार्सिलोनासँगको मैत्रीपूर्ण खेलमा पनि दुर्घटनामा ज्यान गुमाएका १९ खेलाडीसहित ७१ जनाको सम्झाना गरिएको थियो ।