खेलकुद

जापान प्रशिक्षणमा जाने फुटबल टोलीमा को को ?

काठमाडौं, १८ साउन ।  खेल प्रशिक्षणका लागि जापान जाने नेपाली नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। टीमका मुख्य प्रशिक्षक योतुकु कोजीले आज जापान जाने २४ सदस्यीय टोली घोषणा गरेका हुन्। एसियन कप छनोट अन्तर्गत आगामी सेप्टेमबरमा घरेलु मैदानमा ताजिकिस्तान विरुद्ध हुने खेलको तयारीका लागि नेपली टोली दश दिने जापान भ्रमणमा जान लागेको हो।

टोलीमा अधिकांश खेलाडी एएफसी एसियन कप छनोट अन्तर्गत यमन विरुद्ध खेलेका खेलाडी नै छन। तर पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङ र रोहित चन्द भने विदेशी लिगमा अनुबन्ध भएका कारण जापान जान नपाउने भएका छन् । टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ५ फरवार्ड छन्। जापानमा नेपालले पाँच खेल खेल्नेछ भने प्रशिक्षण पनि गर्नेछ।

को–को छन् टोलीमा ?
गोलकिपर : 
विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने
डिफेण्डर:
विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, राजेन्द्र रावल, मान बहादुर तामाङ, दीनेश राजवंशी
मिडफिल्डर :
विक्रम लामा, विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापा मगर, सुनिल बाल
फरवार्ड :
अनिल गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर, सुमन लामा

त्यसबाहे टोलीमा व्यवस्थापक विराटजंग शाही, मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य, गोलकिपर प्रशिक्षक उज्जवल मानन्धर, फिजियो राजु दाहाल र इन्टप्रेटर रोशन तुलाधर छन् ।