खेलकुद

२०२८ को ओलम्पिक अमेरिकाले गर्ने

अमेरिका, १७ साउन । अमेरिकाले सन् २०२८ को ओलम्पिक आयोजना गर्ने भएको छ । यसअघि सन् २०२४ कै ओलम्पिक खेल आयोजना गर्ने दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हट्दै सन् २०२८ मो आयोजना गर्ने भएको हो । 

सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनु पर्ने बताउँदै आएका थिए । अब अमेरिका पछि हटेपछि  सन् २०२४ को ओलम्पिक खेल पेरिसमा हुनेछ । लस एन्जलसले सन् २०२४ को दाबी छोडेपछि खेल आयोजना गर्न पेरिसलाई सजिलो भएको हो । 

गएको जुनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी( ले पेरिस र लस एन्जलसले एकपछि अर्को ओलम्पिक खेल आयोजना गर्ने निर्णय गरेको थियो । तर कुन वर्षको ओलम्पिक कहाँ हुने स्पष्ट पारेको थिएन ।