खेलकुद

व्याकुल माइला गोल्डकपका लागि ट्रयाकसुट उपहार

काठमाडौं– व्याकुल माइला गोल्डकपको छैठौं संस्करणको तयारी शुरु भएको छ । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकुल माइलाको जन्मस्थान ओखलढुंगाको हिलेपानीस्थित दुधकोशी किनारमा हरेक वर्ष आयोजना हुँदै आएको व्याकुल माइला गोल्डकप प्रतियोगिताका लागि कलंकीस्थित नेपालय कलेजले एकलाख ३० हजार रुपैयाँ बराबरको एकसय थान ट्रयाकसुट प्रदान गरेको छ । 
छैठौं संस्करणको व्याकुल माइला गोल्डकप यही चैत २५ देखि २०७४ बैशाख १ सम्म आयोजना हुँदैछ ।  नेपालय कलेजका प्राचार्य मनोज थापा मगरले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकुल माइलालाई कलेजमा आयोजित एक समारोहमा ती ट्रयाकसुट हस्तान्तरण गरेका हुन् । पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाको पहलमा नेपालय कलेजले ती ट्रयाकसुट उपलब्ध गराएकोमा व्याकुल माइलाले खेलाडी थापा र कलेज परिवारलाई धन्यवाद दिए ।