खेलकुद

दाेस्राे खेलमा नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौं- आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप (डब्लूसिएल) अन्तर्गत सोमबार नेपालले केन्याविरुद्ध दोस्रो खेल खेल्दैछ । शनिबार भएको पहिलो खेल डकवर्थ लेविस (डिएल) का आधारमा केन्यासँग ५ विकेटले पराजित नेपालले सोमबार दोस्रो खेल खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपाल र केन्याबीचको दोस्रो खेल ९M१५ मा सुरु हुनेछ । र, नेपाल पहिलो खेलमा Joहोरेको पराजयको बदला लिँदै जित्ने योजनामा मैदान ओर्लनेछ । 
बर्षाले पटक पटक प्रभावित पहिलो खेल गुमाएसँगै नेपालको च्याम्पियनसिपमा शीर्ष चारको सम्भावना निकै कमजोर भएको छ । पहिलो खेल गुमाएसँगै नेपालको शीर्ष डिभिजनमा कायम रहने र सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना पनि कम भएको छ । 
विश्वकप क्वालिफायर २०१८ को सुरुवातमा बंगलादेशमा हुने  । त्यसमा एकदिवसीय वरियतामा पुछारमा चार स्थानमा रहेको टिम, विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार टिम र विश्व क्रिकेट लिगका शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।  च्याम्पियनसिपको शीर्ष चारमा नपर्ने टोलीले डिभिजन टू खेल्नुपर्नेछ ।
च्याम्पियनसिप अन्तर्गत पाँचौ चरणको खेल जारी रहँदा अंक गणितीय हिसाबले अहिलेसम्म कुनै पनि टोलीले शीर्ष चारमा स्थान बनाइसकेका छैनन् । तर, १६ अंक जोडेर शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको भने पक्का जस्तै छ । अब ४ खेल खेल्न बाँकी रहेको नेदरल्याण्ड्सलाई शीर्ष चरणमा पुग्न गाह्रो छैन । 
यदी नेदरल्याण्ड्स शीर्ष चारभित्र पक्का भएमा पपुवा न्युगिनी, हङकङ, स्कटल्याण्ड, केन्या र नेपालमध्ये ३ टोलीले शीर्ष चारमा पुग्न प्रतिस्पर्धा गर्नेछन् । र, नेपालसहित यी ४ टोलीमध्ये शीर्ष चारमा पुग्ने नेपालको सम्भावना सबैभन्दा कमजोर छ  । तर, च्याम्पियनसिपको शीर्ष चारमा पुग्ने नेपालको गणितीय सम्भावना रहेको छ । 
त्यसको लागि नेपालले सोमबार हुने खेल जित्नैपर्ने हुन्छ । त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराउनु जरुरी छ । तर, नेपालले हङकङसँग उसैको मैदानमा र युएईसँग तटस्थ भुमिकामा खेल्ने हुँदा नेपाललाई कठिन भने देखिएको छ । 
पाँचौ चरण पहिलो खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या १० अंक जोडेर लिगको पाचौँ स्थानमा छ । यदी नेपालले आफ्नो बाँकी ५ खेल जिते र  केन्याले कम्तिमा ३ खेल हारेमा नेपालको शीर्ष चार सम्भावना कायम रहने सम्भावना अझै जिवितै रहेको छ ।