क्यालिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको क्यानिफोर्निया शाखा र नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया युएसए बीच एकता भएको छ । २३ औं आदिवासी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई संस्थाबीच एकता भएको हो । यसले वर्षौदेखि दुई संस्थाबीचको दुरी अन्य गरेको छ ।
न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको ‘नेपाल आदिवासी चलचित्र महोत्सव, न्यूयोर्क– २०१७’ को तयारी तिब्र बनेको छ । आगामी अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा हुन लागेको महोत्सवमा ३९ चलचित्र दर्ता भएको महोत्सव आयोजक समितिले जारी गरेको बक्तव्यमा उल्लेख छ । ३९ चलचित्र मध्ये ११ चलचित्रहरुको छनौट भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् ।
न्यूयोर्क । नेवाः नखः न्यूयोर्कको आयोजनामा सामुहिक ईही अर्थात् बेलविवाह सम्पन्न भएको छ । नेवाः नखःको आयोजनामा नेपाल संवत ११३७ दिल्लाथ्व गुरु पुन्ही अर्थात् जुलाई ९ आइतबार न्यूयोर्कमा चौथौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको हो । नेवाः गुभाजु (पुरोहित) श्री समन्तश्री बज्राचार्यले नेवाः बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवाः नखः न्यूयोर्कका कार्यबाहक अध्यक्ष राजा शाक्यले थाकुलि (अध्यक्षता) भै सहयोग गरी पुजा गर्नु भएको थियो ।
न्यूयोर्क– नेपालको पर्यटन प्रवद्र्धनका लागि अमेरिकाको न्यूयोर्कमा ‘राइड फर नेपाल’ नामको विशाल साइकल र्याली आयोजना गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूत कार्यलयको आयोजनामा विशाल साइकल र्याली आयोजना गरिन लागेको हो ।
न्युयोर्क । अमेरिको न्यूयोर्कमा आप्रवासी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । आप्रवासी नेपालीहरुको मुद्दा र सरोकारको विषयहरुमा सूचना तथा संचारमार्फत सामुदायिक सशक्तिकरणका लागि बहस गर्दै आएको टेलिभिजन कार्यक्रम सम्प्रेषणले अप्रिल २९ तारिखमा न्यूयोर्कको ज्याक्सन हाईट्समा कार्यक्रम सम्पन्न गरेको हो । सम्प्रेषणले विगत पाँच वर्षदेखि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ‘आप्रवासनमा राष्ट्रपतिको नयाँ कार्यकारी आदेशले कस्तो असर पार्न सक्ला तपाईको आप्रवासी जीवनमा ?’
न्यूयोर्क । नेपाली नयाँ वर्ष २०७४ सालको अवसरमा अमेरिकामा रहेका नेपालीहरुले पनि एक आपसमा शुभकामना आदनप्रदान गरी भव्यरुपमा मनाएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको आयोजनामा न्युयोर्क ज्याक्सन हाईट्सस्थित याक रेष्टुरेन्टमा नयाँबर्षको विशेष कार्यक्रम आयोजना गरिएको हो ।
न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धी जारी गरेको कार्यकारी आदेशले आम आप्रवासीहरुमा भ्रम, त्रास र कौतुहलता अझै कायमै छ । त्यसमा पनि नेपाली समुदायभित्र यो विषयको उत्सुकता बढिरहेको छ । यसै परिप्रेक्षमा सम्प्रेषणले न्यूयोर्कमा इमिग्रेसन बहस गर्ने भएको छ ।
कुईन्स लाईब्रेरीसंगको सहकार्यमा गर्न लागिएको उक्त सामुदायिक बहस तथा अन्तरक्रियामा न्यूयोर्कका कानुन व्यवसायी विनोद रोक्का र रमेश श्रेष्ठ प्रमुख बक्ताको रुपमा उपस्थित हुने भएका छन् ।
अमेरिका– अमेरिकाले मुसलमानबहुल ८ मुलुकका विमानस्थलबाट अमेरिका प्रवेश गर्ने मानिसलाइ विद्युतीय उपकरण लैजान प्रतिबन्ध लगाएकउने भएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटीले टर्की, जोर्डन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, मोरक्को, इजिप्ट र कुवेतका विमानस्थलबाट अमेरिका प्रवेश गर्ने यात्रीलाइ विद्युतीय उपकरण बोक्न प्रतिबन्धको घोषणा गर्ने बताइएको छ ।
न्यूयोर्क । मधेशी एशोसियसन इन अमेरिकाको आयोजनामा न्यूयोर्कमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । न्यूयोर्कको क्वीन्समा आओजना गरिएको होली विशेष कार्यक्रम यस पटक भने फरक रुपमा मनाईएको थियो ।
सप्तरीमा प्रहरीको गोलीबाट ५ जनाको मृत्यू भएपछि अहिले सिंगो देश शोकमा छ ।
एनआरएन अमेरिका अर्थात गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी मे महिना महिनाको २०÷२१ तारिखमा हुने नयाँ कार्यसमितिको निर्वाचनमा केन्द्रीय अध्यक्ष पदका लागि १० जना उम्मेद्वार हुने चर्चामा आएका छन् । आआफ्नो उम्मेद्वारी घोषणा गरेका र चर्चामा रहेकाहरुमा