न्यूयोर्क । दशैंको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले न्यूयोर्कमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना ग¥यो । संघले गत अक्टोबर ७ तारिख न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा आयोजित दशैं शुभकामना साँझमा अमेरिकाका बिभिन्न राज्यबाट जम्मा भएका दुई दर्जनभन्दा बढि कलाकारहरुले फरक फरक प्रस्तुति प्रस्तुत गरे ।
बोस्टन (अमेरिका): राष्ट्रपति निर्वाचन आउन दुई सातामात्र बाँकी छँदा ओबामा प्रशासनले भूकम्पपीडित नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएको छ । संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन् ।
नव दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । विजया दशमीको अवसरमा मातृ भूमि नेपालमा शान्ति र स्थायीत्व कायम होस् । यहिं हाम्रो हार्दिक मंगलमय शुभकामना ।
न्यूयोर्क । नेवा गुठीको आयोजनामा यहिं अक्टोबर ३१ तारिखमा न्यूयोर्कमा म्हः पूजा गरिने भएको छ । न्यूयोर्कको सन्निसाईडमा आयोजना गरिएको म्हः पूजाका लागि गुठीले आफ्नो तयारी तिब्र बनाएको छ ।
नेवाः गुठी स्थापना तथा न्यूयोर्कमा म्हः पूजा आयोजनाको १० वर्ष पूरा भएको अवसरमा यो वर्ष विशेष कार्यक्रम गरिने गुठीले जनाएको छ । गुठीले सन् २००७ देखि प्रत्यक वर्ष म्हः पूजा गर्दै आएको छ । नेपाल सम्बत ११३७ प्रारम्भ अर्थात न्हूँदया भिन्तुना विशेष कार्यक्रमसहित म्हः पूजा गर्न लागिएको आयोजकले जनाएका छन् । कार्यक्रममा सहभागिताका लागि ३५ डलरको टिकट व्यवस्था गरिएको छ । कार्यक्रम स्थलबाटै टिकट लिनुपरेमा ४० डलर भुक्तान गर्नुपर्नेछ ।
न्यूयोर्क । हिन्दु नेपालीहरुको महान पर्व विजया दशमीको अवसर पारेर नेपाली अमेरिकन कलाकार संघले यहि अक्टोबर ७ तारिखमा न्यूयोर्कमा ‘दशैं शुभकामना साँझ– २०१६’ को आयोजना गरेको छ । न्यूयोर्कको कुईन्सस्थित गुल्सन टेरेसमा हुन लागेको कार्यक्रमको तयारी तिब्र पारिएको आयोजकले बताएका छन् । संघले विगतका वर्षहरुमा पनि यस्तै कार्यक्रम आयोजना गर्ने गरे पनि यो वर्ष फरक ढंगले कार्यक्रम आयोजना गर्दैछ । संघले न्यूयोर्क बाहिर रहेका कलाकारहरुको प्रस्तुतिलाई विशेष महत्व दिएको छ । कार्यक्रममा अमेरिकामा रहेका अधिकांश नेपाली कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।
यसपालि भ्रमण स्थगित नभएको भए गणतन्त्र नेपालका तत्कालिन प्रथम निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको ६३औं साधारण सभा (महासभा)लाई ८ वर्षअघि अर्थात सन् २००८ को सेप्टेम्वर २६ तारिख सम्बोधन गर्दा गरेका प्रणहरुको फेरि लेखाजोखा गर्न पाइने थियो तर, आठ वर्षको अन्तरालपछि पुनः प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्र संघको यसपालिको ७१औं महासभामा भाग लिने टुङ्गो लागेर पनि अन्तिम समयमा स्थागित गर्न पुगे ।
न्यूयोर्क । तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्षमा शान्तबाबु थोकर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । गतसाता न्युयोर्कको ज्याक्सन हाइट्समा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
ओहायो । एसोशियसन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)को अध्यक्षमा सुनिल साह निर्वाचित भएका छन् । एन्टा अमेरिकामा रहेका तराईवासी नेपालीहरुको संगठन हो । ओहायो राज्यको कोलम्बसमा भएको चौथो सम्मेलनले साहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
न्यूयोर्क । नेवाः गुठी अमेरिकाको साधारणसभाले आगामी दुई वर्षका लागि धर्मेन्द्र गोपालीको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
न्यूयोर्कको ज्याक्सन हाईटस्मा सम्पन्न भएको साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
न्यूयोर्क । नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले मेरिल्याण्डमा यन्या पुन्ही सम्पन्न गरेको छ । इन्द्र जात्रा पनि भनिने यो पर्व मेरिल्याण्डस्थित ब्ल्याक हिल्स रिजनल पार्कमा सेप्टेम्बर १७ मा भव्य रुपमा मनाईएको हो ।