न्युयोर्क शहरको विविधता कायम राख्न तथा शहरको सामुदायिक विकासमा उल्लेख्य भूमिका खेलेको भन्दै शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङ्गरले बुधबार नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) लगायत तीन सामुदायिक संस्थालाई सम्मान गरेका छन् ।
दीवापलीको अवसरमा क्वीन्सस्थित एल्मस्र्ट अस्पतालको सभाहलमा आयोजना गरिएको विशेष समारोहमा स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), छाँया सामुदायिक विकास संस्था र दक्षिण एशियाली सामाजिक सेवा परिषद्लाई सम्मान गरेका हुन् ।
अमेरिका, कार्तिक । अमेरीकी विदेश मन्त्री रैक्स टिलरसनले इराकमा विद्रोही समुह इस्लामिक स्टेट (आइएस) विरुद्ध लड्दै आएका ईरान समर्थक लडाकुहरुलाई फिर्ता जानु पर्ने बताएका छन् । साउदी अरब भ्रमणका क्रममा अमेरीकी विदेश मन्त्री टिलरसनले इराकमा अव लडाई समाप्त भएको जिकिर गर्दै इराकी सरकार समर्थक विदेशी लडाकुहरुले फिर्ता जाने समय भएको बताएका हुन् ।
न्यूयोर्क । नेवाः गुठी अमेरिकाको आयोजनामा न्यूयोर्कमा म्हः पूजा सम्पन्न भएको छ । न्हुदया भिन्तुना ११३८ (नेपाल सम्बतको सुरुवात) सँगै मनाईने म्हः पूजा शुक्रबार सामुहिक रुपमा मनाईएको हो । गुठीले विगत ११ वर्षदेखि न्यूयोर्कमा सामुहिक रुपमा म्हः पूजा मनाउँदै आएको छ । म्हः पूजाको विहान ज्याक्सन हाईट्समा न्हुदया भिन्तुना पदयात्रा गरिएको थियो । गुठीले आयोजना गरेको पदयात्रा धिमे बाजा, ब्यानर र पोस्टरसहित सहरको परिक्रमा गरेको थियो । पदयात्रामा नेवार समुदायका अगुवा, नेपाली समुदायका अगुवाका साथै नेपाली महावाणिज्य दुतावास न्यूयोर्कमा वाणिज्य दुत कृषु क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
न्यूयोर्क, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कडा आप्रवासन नीतिबारे कङ्ग्रेसलाई खाका बुझाएका छन् । ट्रम्पले बुझाएको खाकामा रहेका बुँदालाई लिएर ट्रम्पकै रिपब्लिकन तथा डेमोक्र्याटिक नेताहरुलेसमेत आलोचना गरेका छन् ।
न्यूयोर्क, २३ असोज । अमेरिकी र टर्कीले आप्रवासीबाहेकका एकअर्काका नागरिकलाई भिसा दिन बन्द गरेका छन्। गत साता अमेरिकी वाणिज्यदूतावासका एक कर्मचारीलाई टर्कीमा गिरफ्तार गरिएपछि अमेरिकाले टर्कीका नागरिकलाई भिसा दिन बन्द गरेको थियो।
अमेरिका, असोज । अमेरिकाद्वारा सुडानमाथि विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ। शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको शुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ।
न्यूयोर्क, असोज । अमेरिकाले नयाँ यात्रा प्रतिबन्ध जारी गरेको छ । जसमा उत्तर कोरिया, भेनेजुयला र चाडका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । भेनेजुयलाका लागि भने सरकारका लागि काम गर्ने र उनका परिवारलाई प्रतिबन्ध लगाइएको छ ।
न्यूयोर्क, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताएका छन्। संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले शुक्रबार संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको
न्यूयोर्क । प्रधानमन्त्री एवं नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न हुनु आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको
न्यूयाेर्क, २६ भदाै । क्यारिबियन सागर हुँदै अघि बढेको इरमा आँधीका कारण अमेरिकामा सन्त्रास छाएको छ । आँधी अमेरिकाको दक्षिणी राज्य फ्लोरिडा पुगेको छ । १ सय ३० माइल प्रतिघण्टाको गतिमा आएको आँधीका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यस क्षेत्रका लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।