न्यूयोर्क– पूर्व राष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया सफलतापूर्व गरिएको छ । अमेरिकाको मिचिगन शहरस्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया गरिएको हो । डा.मणिमेनन् समुहका चिकित्सकले गत बिहीवार उनको शल्यक्रिया गरेको थियो । उनलाई २४ घण्टा पोस्ट–अपमा राखिएपछि हाल पाहुनाघरमा सारिएको छ ।
न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रसंघ महासचिव वान कि मुनबीच भेटवार्ता भएको छ । भेटमा महासचिव मुनले नेपालको संविधानको कार्यान्वयनबारे चासो राखेका परराष्ट्रमन्त्री महतले बताएका छन्।
काठमाडौँ- अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्र संघको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको रुपमा अमेरिका पुगेका मन्त्री महतले अमेरिकी राष्ट्रपति ओबामासँग भेटवार्ता गरेका हुन् ।
न्यूयोर्क । नेवाः गुठी अमेरिकाको साधारणसभाले आगामी दुई वर्षका लागि धर्मेन्द्र गोपालीको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । न्यूयोर्कको ज्याक्सन हाईटस्मा शनिबार सम्पन्न भएको साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सधारणसभाले उपाध्यक्षमा निर्मल प्रधान र रविन बज्राचार्य, सचिवमा विजय मान सिंह, सहसचिवमा सन्तोष महर्जन, कोषाध्यक्षमा राजेन्द्र महर्जन र सहकोषाध्यक्षमा सूर्या श्रेष्ठ महर्जनलाई चयन गरेको छ । त्यस्तै बोर्ड सदस्यहरुमा राजन कर्माचार्य, सृजना ताम्राकार, विरेन्द्र मानन्धर, हृदय तुलाधर, लक्ष्मी श्रेष्ठ, विनिता नकर्मी, सुवर्णकुमार शाक्य, उमेश गोपाली, विजय डंगोल र अविन मानन्धर चयन भएका छन् ।
न्यूयाेर्क– विश्व चर्चित ‘अमेरिकन ट्रम्म’ अर्थात् ‘अमेरिकी सपना’को मूल्य र मान्यतालाई चुनौती दिने खलपात्रको रुपमा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेद्वार डोनाल्ड ट्रम्पले निक्कै आलोचना ब्यहोर्नु परेको छ । यसै कारण उनी आगामी नोभेम्बर ८ तारिख हुने राष्ट्रपतीय निर्वाचनमा नराम्रोसँग पराजित हुने सम्भावना बढेर गएको छ ।
न्यूयोर्क– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन ११ बुँदे ‘न्यूजर्सी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । शनिबारदेखि दुई दिनसम्म चलेको सम्मेलनमा नेपालको तर्फबाट पूर्व सुभामुख तथा एमाले नेता शुवास नेम्वाङ प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।
न्यूयोर्क– अमेरिकाको न्यूजर्सीमा जारी एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन अाइतबार समापन हुँदैछ । न्यूजर्सीमा शनिबार भव्यरुपमा उद्घाटन गरिएको सम्मेलनका वक्ताहरुले विभिन्न प्रतिवद्धता व्यक्त गरेका छन् । सम्मेलनमा संघले आगामी ४ बर्षमा सम्पन्न गर्ने विभिन्न कार्यक्रमहरुको ...
न्यूयाेर्क– अमेरिकाको न्यूजर्सीमा यही अगस्ट २७–२८ तारिखमा हुन गइरहेको एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक सोनाम लामाले बताएका छन् । पत्रकार सम्मेलनमाफर्त क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो ।
न्यूयोर्क– ए एन ए को आयोजनामा सञ्चालन भएको भलिबल प्रतियोगिता–२०१६ मा मगर संघ अमेरिकाले ह्याट्रिक गरेको छ । सन–२०१३ र २०१४ को विजेता मगर संघले लगातार तस्रो पटक पनि उपाधि आफ्नो पोल्टामा पार्दै ह्याट्रिक गरेको हो । गत वर्ष २०१५ मा भने नेपालमा गएको विनासकारी भूकम्पका कारण खेल हुन सकेको थिएन ।
न्यूयोर्क– सबैको सपनाको देश अमेरिका सुरक्षित छ भन्ने अवस्था छैन । यहाँ पनि हत्या–हिंसा, आत्महत्याका घटना दिन प्रतिदिन बढ्न थालेका छन् । सुरक्षाकर्मीकै अगाडि बन्दुकधारीले गोली चलाउनु सामन्य बनिसक्यो । यी घटनाले दैनिक पत्रपत्रिका तथा अनलाइन पोर्टलहरुमा प्रशस्तै ठाउँ पाउँनुले नेपालबाट अमेरिका आएका नेपालीहरुले समेत असुरक्षित महसुस गर्न थालेका छन् ।