न्युयोर्क

एनआरएनए नवौं क्षेत्रीय सम्मेलन सम्पन्न

११ बुँदे ‘न्यूजर्सी घोषणापत्र’ जारी

न्यूयोर्क– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन ११ बुँदे ‘न्यूजर्सी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । शनिबारदेखि दुई दिनसम्म चलेको सम्मेलनमा नेपालको तर्फबाट पूर्व सुभामुख तथा एमाले नेता शुवास नेम्वाङ प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । ‘भिजन ट्वान्टी–ट्वान्टी एण्ड बियोण्ड’ मूल नारासहित शुरु भएको सम्मेलनले छलफलबाट प्राप्त सुझाव कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीलाई जिम्मा दिने निर्णय गरेको छ ।  

सम्मेलनले नेपालको संविधान कार्यान्वयनका साथै एनआरएनए नागरिकताका विषयमा गैरआवासीयको भावना र मर्मलाई समेट्न समेत आग्रह गरेको छ । त्यस्तै, वैदेशिक रोजगारीको सिलसिलामा आईपर्ने आपत विपतमा उद्वारका लागि संघले सरकारको ध्यानाकर्षण गराउँदैं त्यसका लागि संयन्त्र खडा गर्न आह्वान गरेको छ । 

हरेक दुई बर्षमा आयोजना हुने एनआरएनएको क्षेत्रीय सम्मेलनको नवौं संस्करणमा अतिथिका रुपमा माननीय सदस्यहरु महेन्द्र यादव, मोहन बराल, न्युजर्सीका कंग्रेसमेन डोनाल्ड पेन जुनियर, अमेरिकाकालागि नेपाली राजदुत डा। अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, कानूनमन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायिप्रतिनिधि डा।दुर्गा प्रसाद भट्टराई, उद्योगपति बिनोद चौधरी, नेपालउद्योग बाणिज्य महासंघका सदस्य चन्द्र ढकाललगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

११ बुँदे 'न्यूजर्सी घोषणा पत्र'मा के के समेटिएकाे छ ? 

तस्बीरः प्रदीप परियार थापा ।

२०७३, भदाै १३  ।