न्युयोर्क

नेवाः नखः को अध्यक्षमा विष्णुमान प्रधान निर्वाचित

न्यूयोर्क । नेवाः नखः को अध्यक्षमा विष्णुमान प्रधान निर्वाचित भएका छन् । यहिं अक्टोबर १३ तारिखमा न्यूयोर्कमा सम्पन्न भएको अधिवेशनले प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महासचिवमा डा. नरेशमान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान र सहकोषाध्याक्षमा सुजन श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य चयन भएका छन् ।

नेवाः नखः न्यूयोर्कका निवर्तमान उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यहरूलाई स्वागत गरी संचालन गरिएको साधारणसभाको अध्यक्षता नखः का निवर्तमान अध्यक्ष राजा शाक्यले गरेका थिए भने प्रमुख अतिथिमा नखः का संस्थापक अध्यक्ष  बीरेन्द्र प्रधान थिए ।

संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।
साधारणसभाले बृहत रूपमा छलफल गरी नखः को बिधानमा केही पद र दफाहरू थपी विधान संशोधन गरेको छ । सभामा संस्थाको नयां सदस्यता पनि वितरण गरिएको थियो ।
नेवाः नखः न्यूयोर्क नेवाः परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेवाः कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदायसंग हातेमालो र सहकार्य गर्दै नखः लाई अगाडी बढाउने कुरा नव निर्वाचित अध्यक्ष बिष्णुमान प्रधानले गरेका छन् ।