न्युयोर्क

आदिवासी चलचित्र महोत्सव तथा निफ्फ अवार्डको तयारी पूरा

न्यूयोर्क । नेपाल आदिबासी चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८, को सम्पुर्ण तयारी पूरा भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका फिप्नाले न्यूयोर्कको ज्याक्सन हाईटमा पत्रकार सम्मेलन गरी महोत्सव तथा अवार्ड कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो ।
महोत्सव दुई दिनसम्म चल्नेछ । नेपालमा रहेका विभिन्न आदिबासी जनजाती समुदायमा आधारित चलचित्रहरुको महोत्सव सेप्टेम्बर १५ र १६ मा न्युयोर्क क्वीन्सको गुल्सन टेर्रासमा हुँदैछ । महासंघले प्रतिस्पर्धामा रहेका चलचित्रहरुको छनौट तथा ब्यबस्थापकीय सम्पूर्ण कार्यक्रमहरुको अन्तिम तयारी पूरा भएको जनाएको हो । महोत्सवका लागि ४६ वटा पुर्ण तथा छोटा चलचित्र एबम डकुमेन्ट्री दर्ता भएको थियो । यसमध्य २४ वटा चलचित्रहरु प्रतिस्पर्धा गर्दै अमेरिका आइपुगेको थियो ।
दुई दिने महोत्सवका लागि गुरुङ्बाट भेडी गोठालो, तामाङबाट सेमकी तम, नेवारबाट स्वयनगु, मगरबाट रैया, राइबाट यारी, शेर्पाबाट टिन्छेन फमा, लिम्बुबाट साम, मनाङबाट मनाङ्गे नानी र याक्खाबाट ओम्ला छानिएका छन् । यसै गरि, महोत्सवमा ३ सर्ट फिल्म र दुई वटा डकुमेन्ट्री प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
निफ्फ अवार्डका लागि यो वर्ष उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, निर्देशक, संगित, सिनेम्याटोग्राफर, कथा, दर्शक छनौटलगायत १२ वटा बिधाहरु समावेश छन् । उत्कृष्ट चलचित्रका लागि एक लाख २५ हजार, उत्कृष्ट सर्ट फिल्म र डकुमेन्ट्रीका लागि ३१र३१ हजार रुपैया नगद पुरस्कार राशीको घोषणा गरिएको छ । महोत्सव तथा निफ्फ अवार्ड २०१८ मा प्रदर्शन हुने चलचित्र मध्य उत्कृष्ट छनौटका लागि संचारकर्मी तथा कलाकार शैलेश श्रेस्ठको संयोजकत्वमा पाँच सदस्यीय निर्णायक समिती गठन गरिएको छ ।
यसैगरी, सर्ट फिल्म र डकुमेन्ट्री छनौट गर्न फिप्नाको सभामुख बिनोद पोमोको संयोजकत्वमा छुट्टा छुट्टै समिति गठन भएको आदिवासी जनजाती चलचित्र महोत्सव तथा निफ्फ अवार्ड २०१८ का संयोजक राजकुमार बिष्टले बताउनु भयो । पत्रकार सम्मेलनमा फिपनाको अध्यक्ष मानबहादुर राना मगरले निफ्फ अवार्डलाइ अन्तरास्ट्रिय अवार्डको अवधारणामा लैजाने प्रतिबद्दता जनाउनु भएको थियो ।
करिव २६ हजार डलर खर्च अनुमान गरिएको महोत्सव तथा अवार्ड कार्यक्रममा सहभागिताका लागि टिकटको व्यवस्था गरिएको छ । नेपालको आदिवासी जनजातिहरुको भाषा, संस्कृतिहरुको संरक्षण, संवर्द्दन तथा आदिबासी चलचित्रकर्मीहरुलाई सहयोग र प्रोत्साहनस्वरुप नेपाल आदिबासी जनजाती महासंघ, अमेरिकाले २०१७ देखि महोत्सव तथा निफ्फ अवार्ड वितरणको सुरुवात गर्दै आएको छ ।