न्युयोर्क

तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया निर्वाचित

न्यूयोर्क । तामाङ समाज अमेरिकाको प्रथम अधिबेसनबाट सानु माया तामाङ अध्यक्षमा निर्वाचित भएकी छिन् । त्यस्तै अधिवेशनले बरिष्ठ उपाध्याक्षमा ब्रजेश मोक्तान, उपाध्याक्षमा सुमित्र योन्जन , महासचिवमा बुद्धिमान तामाङ र सचिवमा बिनिता तामाङलाई चयन गरेको छ ।
न्यूयोर्कको क्वीन्समा सम्पन्न भएको अधिवेशनले कोषाध्याक्षमा पुरु लामा, सहकोषाध्याक्षमा साजोन थोकरलाई चयन गरेको छ । बोर्ड अफ डाइरेक्टरहरुमा युनिशा च्यासाङ, रेणु वाइवा तामाङ, विष्णुमाया मोक्तान, विष्णु तामाङ, दिलमाया तामाङ, अरुणा रुम्बा तामाङ, दिपेन्सा लामा, रोज बहादुर घिसिङ, तुल बहादुर तामाङ चयन भएका छन ।

एनआरएन अमेरिकाका महासचिव विआर लामाले छयोमि बालेर उदघाटन गरेको कार्यक्रममा तामाङ सोसाइटीका पुर्व अध्यक्ष भरत लामा, तामाङ सोसाइटीका पुर्व अध्यक्ष शान्त थोकर, आदीवासी जनजाती महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा, जन सम्पर्क समितिका सचिव भोजराज थोकर, नेपाल अमेरिका पत्रकार संघका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, रिज्युउड नेपाली समाजका अध्यक्ष रवि कोइराला नेपाली कांग्रेस महासमितिका सदस्य बेद खरेल, जन सम्पर्क समिति अन्तराष्ट्रिय सन्जालका अध्यक्ष विष्णु सुवेदी, धादिङ समाजका अध्यक्ष राजन गौलि, नेविसंघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटा, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तामाङ समाजले आगामी दिनमा डाइस्पोरामा रहेका सबै नेपाली समुदायको हितसंगै विश्वभरिको संघसस्थाहरुसग हातेमालो गरि अघि बडने लक्ष्य लिएको नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले जानकारी दिईन । यो संस्था यसै वर्ष गठन भएको हो भने यसले केहि दिन अघि आफ्नो केन्द्रिय कार्यालय समेत स्थापना गरेको छ ।