न्युयोर्क

घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा

न्यूयोर्क । घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ ।
संस्था स्थापनाको १५ औं वार्षिकोत्सव मनाउन लागेको संस्थाले यो अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ । १५ औं वार्षिकोत्सव कार्यक्रमलाई विशेष रुपमा मनाउन लागेको संस्थाले यो वर्ष स्मारिका प्रकाशन गर्न लागेको छ । गत वर्ष विधान संशोधन गरी नेतृत्व चयनलाई सहज बनाएको संस्थाले यो वर्षबाट भने सहजरुपमा नेतृत्व पाउने संस्थाका अध्यक्ष छिरिङ्ग राप्के लामाले जानकारी दिनु भयो ।
सन् २००४ मा ५ सदस्यीय कार्यसमिति गठन भई न्यूयोर्क स्टेट डिपार्टमेन्टमा कानुनी रुपमा दर्ता भएको संस्था सन् २०१५ मा गैरनाफामुलक संस्था ५०१(सी)३ को रुपमा मान्यता प्राप्त भएको हो । संस्थाले आफ्नो कला संस्कृति र मौलिक परम्परालाई संरक्षण र सम्बद्र्धन गर्नुका साथै विभिन्न सामाजिक, खेलकुद र शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।