न्युयोर्क

  • एनआरएन अमेरिकाको अध्यक्षमा पौडेल विजयी

    एनआरएन अमेरिकाको अध्यक्षमा पौडेल विजयी अमेरिका, भदौ । गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल तीन जनालाई पछि पार्दै निर्वाचित भएका छन् । कांग्रेस राजनीतिमा सक्रिय पौडेल चिकित्सक हुन् । यसअघि सन २०१५ मा पनि उनी अध्यक्षमा निर्वाचित भएका थिए ।

    Read More

  • लस एन्जलसमा भीषण आगलागी

    लस एन्जलसमा भीषण आगलागी न्यूयोर्क, १९ भदाै । अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको लस एन्जलस शहर आसपास भीषण आगलागी भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलस नजिकै रहेको जंगलमा इतिहासकै सबैभन्दा भीषणा आगलागी भएको हो । आगलागीपछि लस एन्जलसमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।

    Read More

  • अमेरिकी 'हार्भी'ले १५ नेपाली परिवार र पशुपतिनाथ प्रभावित

    अमेरिकी 'हार्भी'ले १५ नेपाली परिवार र पशुपतिनाथ प्रभावित न्यूयोर्क, १५ भदाै । हार्भी नाकम समुद्री आँधीहुरीसहितको भीषण बर्षाका कारण टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रमा १५ नेपाली परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि जारी आँधीहुरीले १५ परिवारका करिब पाँच दर्जन सदस्यलाई सुरक्षित स्थलमा सारिएको छ ।

    Read More

  • नेपाल आदिवासी चलचित्र अवार्ड ‘लोम्वा’लाई

    नेपाल आदिवासी चलचित्र अवार्ड ‘लोम्वा’लाई नेपाल आदिवासी चलचित्र अवार्ड–२०१७ मगर कला र संस्कृतिमा आधारित चलचित्र ‘लोम्वा’ ले प्राप्त गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा तीन दिन सम्म चलेको ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ मा लोम्वाले अवार्ड जित्न सफल भएको हो ।

    Read More

  • अमेरिकाको टेक्सासमा भीषण समुद्री आँधी

    अमेरिकाको टेक्सासमा भीषण समुद्री आँधी न्यूयोर्क, ११ भदौ । अमेरिकाको टेक्सासमा आएको समुद्री आँधीका कारण जनजीवन प्रभावित भएको छ । हार्वे आधीका कारण एक जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । आधीका कारण २ लाख ३० हजार बढी प्रभावित भएको रोयटर्सले जनाएको छ ।

    Read More

  • न्यूयोर्क महापुराणमा भक्तजनको ओईरो, दुई लाख डलर संकलन

    न्यूयोर्क महापुराणमा भक्तजनको ओईरो, दुई लाख डलर संकलन न्यूयोर्क । रिजउड नेपाली समाज न्युयोर्कको आयोजनामा सत्यनारयण मन्दिर ज्याक्सनहाइटमा बुधबारदेखि जारी महापुराणमा भक्तजनहरुको भीड बढिरहेको छ । महापुराण बाचन प्रबीण दिनबन्धु पोख्रेलले बाचन गरिरहनु भएको छ । त्यस्तै यम बराल, सपना श्री, राम सिहं, राजकपुर लगायतका कलाकारहरुले बाचन प्रबीण पोख्रेलको भजनलाई साथ दिईरहेका छन् । महापुराणमा हिन्दु धर्मावलम्बी नेपाली एवं नेपाली भाषी समुदायको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

    Read More

  • न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ जारी

    न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ जारी न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आयोजनामा अमेरिकाको न्यूयोर्कमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ सुरु भएको छ । विश्व आदिवासी दिवसको सन्दर्भ पारेर आयोजना गरिएको चलचित्र महोत्सव तीन दिन सम्म चल्नेछ । चलचित्र महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै ११ विभिन्न विधामा पुरस्कार तथा ट्रफि प्रदान गरिदै छ । महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्स स्थित गुल्सन टेरेसमा विशेष समारोहका बीच उद्घाटटन गरिएको थियो ।

    Read More

  • न्यूयोर्कमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव

    न्यूयोर्कमा पहिलो पटक आदिवासी चलचित्र महोत्सव विश्व आदिवासी दिवसको सन्दर्भ पारेर न्यूयोर्कमा पहिलो पटक ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) को आयोजनामा हुन लागेको चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

    Read More

  • सरिता महर्जनलाई नेवाः गुठी अमेरिकाको सहयोग

    सरिता महर्जनलाई नेवाः गुठी अमेरिकाको सहयोग न्यूयोर्क । आफ्नो बुबालाई कलेजो दान दिएपछि उपचार लगायत दैनिक घर संचालनमा आर्थिक समस्या भोग्दै आएकि सरिता महर्जनको सहयोगार्थ नेवाः गुठी अमेरिकाले एक लाख नगद सहयोग गरेको छ । बुबाको कलेजो प्रत्यारोपण पछि आर्थिक समस्या झेल्दै आएकी सरिता महर्जनको सहयोगार्थ गुठीले सदस्यहरु र विभिन्न दाताहरुबाट आर्थिक संकलन गरी महर्जनलाई सहयोग गरेको हो ।

    Read More

  • न्यूयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको तयारी

    न्यूयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणको तयारी न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणार्थ आर्थिक संकलनका लागि श्रीमदभागवत महापुराण आयोजना गरिने भएको छ । रिजउड नेपाली समाजको आयोजनामा न्यूयोर्कको ज्याक्सन हाईटस्स्थित सत्यनारायण मन्दिरमा यहि अगष्ट २३ देखि २९ सम्म श्रीमदभागवत

    Read More