न्युयोर्क

अमेरिकामा विद्युतिय उपकरण लैजान बन्देज

अमेरिका– अमेरिकाले मुसलमानबहुल ८ मुलुकका विमानस्थलबाट अमेरिका प्रवेश गर्ने मानिसलाइ विद्युतीय उपकरण लैजान प्रतिबन्ध लगाएकउने भएको छ ।   अमेरिकाको होमल्याण्ड सेक्युरिटीले टर्की, जोर्डन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, मोरक्को, इजिप्ट र कुवेतका विमानस्थलबाट अमेरिका प्रवेश गर्ने यात्रीलाइ विद्युतीय उपकरण बोक्न प्रतिबन्धको घोषणा गर्ने बताइएको छ । होमल्याण्ड सेक्युरिटीले यात्रीलाइ क्यामरा, ल्यापटप, डिभीडी प्लेयर, इलेक्ट्रोनिक्स गेम्स लगायतका विद्युतीय उपकरण बोक्न प्रतिबन्ध लगाउने छ । तर, यात्रीलाइ फोन भने बोक्न दिइने बताइएको छ । बिमानमा आतंकवादी आक्रमण हुनसक्ने खतरा रहेको भन्दै प्रतिबन्ध लगाउन लागिएको बताइएको छ ।