राजनीति

नेविसंघ महाधिवेशनः मतदान सकियो, कस्ले जित्ला ?

काठमाडौं– नेविसंघको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आज विहान मतदान सम्पन्न भएको छ । साउन २३ गते सुरु भएको महाधिवेशन प्रतिनिधि विवादका कारण पटक–पटक सर्दै हिजो दिउसोबाट मतदान शुरु भएको थियो । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहान ७ देखि मतदान सुरु हुने भनिए पनि १२ बजेबाट मात्र शुरु भएको थियो । मतदानको प्रक्रिया आज बिहानसम्म साढे ८ बजेसम्म चलेको हो । 

कूल ३८ सय १५ मतदाता भए पनि जम्मा ३२ सय ६० मत खसेको निर्वाचन समितिले जनाएको छ । विद्युतीय मेसिन र मतपत्र दुवै प्रक्रिया अवलम्बन गरिए पनि उम्मेदवारको संख्या धेरै भएकाले मतदान गर्न लामो समय लागेको हो ।  निर्वाचन समितिका अनुसार विद्युतीय मेसिनबाट भएको मतदानको नतिजा दुईदेखि तीन घन्टाभित्रै आउने छ ।
नया“ नेतृत्वका लागि अध्यक्षमा ७ जना चुनावी मैदानमा छन् । अध्यक्षका उम्मेदवारहरूमा नैनसिंह महर, मनोजमणि आचार्य, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्की रहेका छन् । त्यसैगरी, महामन्त्रीमा ५ जनाबीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी १ सय २९ पदका लागि ६ सयभन्दा बढीको उम्मेदवारी परेको छ । मधेशी कोटाबाट एक जना सहमहामन्त्रीसहित आरक्षण कोटाअन्तर्गतकै ५ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
२ भदौ, २०७३ ।