चलचित्र

चलचित्र निर्माता राणामाथि खुकुरी प्रहार

काठमाडौं– चलचित्र निर्माता राज राणालाई सोमबार अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । घाइते राणाको ग्राण्डी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ । राणाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । काठमाडौंको रत्नराज्य स्कुलअगाडि रहेको मध्यबानेश्वर क्याफेमा प्युठान कांग्रेसका कार्यकर्तासँग रहेको राणामाथि दुईवटा मोटरसाइकलमा आएका चार युवाले खुकुरी प्रहार गरेका थिए ।
निर्माता राणा निर्देशित चलचित्र जय पर्शुराम अहिले प्रदर्शनमा रहेको छ । चलचित्र पर्शुराम र जयपर्शुरामको विवादका कारण पुनरावेदन पाटन अस्पतालले चलचित्र प्रदर्शनमा रोक लगाउन परमादेश जारी गरेको भए पनि आफूले कुनै नियम नमिचि चलचित्र निर्माण गरेको भन्दै चलचित्र प्रदर्शनमा ल्याएका थिए ।