राजनीति

युवापुस्ताले नेविसंघ हाक्नका लागि केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारीः बिशाल गुप्ता

काठमाडौ– नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको संख्या धेरै छ । साउन २५ गते सम्म चल्ले महाधिबेसमा सहभागि हुन देशभरबाट महाधिबेसन प्रतिनिधी र उमेद्धारहरु आइपुगेका छन ।
यस्तै नेपाल विद्यार्थी संघका कपिलबस्तुका युवा नेता बिशाल गुप्ता केन्द्रीय सदस्य पदका बलिया उम्मेदवारका रुपमा देखिएका छन । उनले अबको नेविसघ युवा पुस्ताले हाक्नु पर्ने भन्दै अकंल र काका भन्नेहरुलाई भन्दा पनि युवाहरु अगाडी आउनु पर्ने  भन्दै आफ्नो उम्मेदवारी घोषणासंगै महाधिवेशनको प्रचार प्रसारमा लागेका छन ।

गुप्ता २०६१ सालमा बुटवल बहुमुखी क्याम्पसमा अध्ययन गर्दा नेविसघसंग आवद्ध भए उनी २०६१ सालमा बुटवल बहुमुखी क्याम्पसका विद्यार्थी देवीलाल पौडेललको प्रहरी कार्वाहीमा मृत्यु भए पछी विद्यार्थी अन्दोलनमा सक्रिय रुपमा लागिरहेका छन ।
यस्तै २०६४ सालमा नेपाल अदर्श बहुमुखी क्याम्पस शिवपुर कपिलवस्तुका नेविसघको इकाई सभापती र  २०६५ सालमा नेपाल अदर्श बहुमुखी क्याम्पस शिवपुरको स्वावियु सभापतीमा निवार्चित समेत भएका थिए ।
आफुले बिद्यार्थीका मुद्दा सम्बोधनसगै कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने बारे पाएको अवसरमा बिगतका दिनमा खरो उत्रिर्दै आएकाले अबका दिनमा सो अवसरको सदुपयोग गर्न तथा बिद्यार्थी राजनितीमा उर्जा र सिर्जनशिलता प्रवाहका लागी आफुले ५ नम्बर प्रदेशको केन्द्रिय सदस्यको पदमा उम्मेदबारी घोषणा गरेको उनले बताए । यसैबिच विद्यार्थी आन्दोलनमा गुप्ताको निरन्तर योगदानका कारण नेविसंघको आगामी नेतृत्वका लागि आकर्षक उम्मेदवारका रुपमा देखिएका छन ।