राजनीति

सिटिइभिटिबाट राजेशको उम्मेदवारी रहने

काठमाडौं– आसन्न नेपाल विद्यार्थीसंघको महाधिवेशनलाई लक्षित गरी विद्यार्थी नेताहरुले विभिन्न पदका लागि उम्मेदवारी दिने दाबी गरिरहेका छन् । नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी रहने दाबी गर्न थालेका हुन् ।

नेतृत्वका आकांक्षीहरु मत बटुल्न देश दौडाहामा छन् । उनीहरुले देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई भेटघाट गर्दै आफ्ना भावी कार्यक्रम र एजेण्डा सुनाउँदै आफूलाई जिताउन आग्रह गर्दै आएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुक, ट्वीटरलाई पनि मत माग्ने माध्याम बनाएका छन् । अहिले अधिकांश नेबिसंघ विद्यार्थी नेताहरुका फेसबुकका वाल पूरै चुनावमय बनेका छन् ।

पटक–पटक महाधिवेशन मिती घोषणा गरेर स्थागीत हुँदै आएको महाधिवेशन अहिले भने पूर्व निर्धारित मिति ९साउन २३–२५० मै हुने पक्का भएको छ । नेबिसंघको अध्यक्षका लागि आधिकारिकत उम्मेदवारी घोषणा भइनसकेको भएपनि अध्यक्षका आकांक्षी भने धेरै नै देखिएका छन् । कोइराला–पौडेल समुहबाट मनोजमणि आचार्य दीपक भट्टराइकाे चर्चामा छ भने देउवा पक्षधरबाट जीतजंग बस्नेत, नैनसिंह महर लगायत चर्चामा छन् ।

यसैबीच, नेविसंघको केन्द«ीय सदस्य पदका लागि उम्मेदावरीको दाबी गर्नेहरुको लामै लर्को छ । यता,  प्राविधिक विद्यार्थीहरुका प्रभावशाली नेता राजेस के।सीले पनि केन्द्रीय सदस्यको लागि आफ्नो उम्मेदवारी रहने बताएका छन  । विकट जिल्ला रुकुममा जन्मिए पनि उनी नेबिसंघ राजनीतिमा सानै देखि सक्रिय रुपमा लागिरहेका छन् । हाल प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका ९सिटिभिटि० का अध्यक्षसमेत रहेका के।सीले आफ्नो उपत्यका सहित देशभर नै बलियो पकड रहेको भन्दै आफूले उम्मेदावरी दिने जानकारी दिए

प्राविधिक शिक्षालाई सर्वसधारण विद्यार्थीको पहुँचमा पु¥याउनका लागि आफ्नो उम्मेदवारी रहेने उनले बताएका छन् । औपचारीक शिक्षाको नाममा प्रमाणपत्र लिने र दिने कार्य मात्र बढी हुने भएकाले प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेको उनको ठहर छ  ।