राजनीति

प्रचण्डका प्रतिस्पर्धी बन्लान् त नेम्वाङ ?

काठमाडौं । नेकपा एमालेको तर्फबाट प्रधानमन्त्रीको उमेद्वारका लागि संसदीय दलका उपनेता सुवास नेम्बाङले उमेद्वारी दिने एमाले नेता रवीन्द्र अधिकारीले बताएका छन् । नेता अधिकारीले आफ्नो पार्टीले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्दै  ‘पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली नउठ्ने पक्का भएपछि स्वाभाविक रुपमा उपनेता नेम्वाङ उठ्नुहुन्छ ।’

अधिकारीले अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकारभन्दा पनि कार्यसूचीमा प्रमुख राजनीतिक दलबिच सहमति आवश्यक रहेको बताउँदै संविधान कार्यान्वयनका लागि डेढ वर्षभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आफ्ना माग सम्बोधन भए सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग गर्ने बताउँदै निर्वाचनमा मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा मतदान गर्ने बताए ।