राजनीति

नेविसंघमा चुनावी रौनक, अध्यक्षका प्रत्यासी देश दौडाहामा

काठमाडौं– नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरु मत बटुल्न देश दौडाहामा लागेका छन् । पटक–पटक महाधिवेशन मिती घोषणा गरेर अन्त्यमा स्थागीत हुँदै आएको महाधिवेशन पूर्व निर्धारित मिति (साउन २३–२५) मै हुने पक्का भएको छ ।

यसका लागि सभापति देउवाले पनि चुनाव निष्पक्ष हुने वचन दिइसकेका छन् । सभापति देउवाले महाधिवेशनका विषयमा देखिएका विवाद र असन्तुष्टिले अब महाधिवेशन रोक्न नहुने स्पष्ट पारे । ‘कुनै किसिमले महाधिवेशन रोकिँदैन, तोकिएकै मितिमा निष्पक्ष रूपमा सम्पन्न हुने उनले जानकारी दिइसकेका छन् ।

कोइराला–पौडेल पक्षबाट अध्यक्षका लागि  नेविसंघका पूर्व महामन्त्री मनोजमणी आचार्यको नाम अघि सारिएको छ भने सभापति देउवा पक्षबाट नेतृत्वका आकांक्षी धेरै नै देखिए पनि जीतजंग बस्नेतलाई प्रमुख दाबेदारीका रुपमा हेरिएको छ । अहिले दुबै युवा नेताहरु देश दौडाहामा छन् । उनीहरुले आफ्नो मत जुटाउने देश दौडाहाको अभियान थालेका हुन् ।

यसैबीच हालै कोइराला–पौडेल समहुका आचार्य नेतृत्व समुहले दाङमा नेविसंघका नेताहरुसंग छलफल गरेको छ । माओवादी द्धन्दकालमा माओवादी उद्गमथलो रोल्पा नेविसंघको जिल्ला अध्यक्ष रहेका आचार्यले आँफू नेविसंघको ऐजेण्डा बोकेर संगठनलाई अगाडी बढाउन सक्षम रहेको वताए । ‘नेविसंघ ऐजेण्डा विहिन हुँदै नेतामुखी बनेको छ,’उनले भने ‘अबको मुल ऐजेण्डा भनेको शिक्षा बनाईनु पर्छ र सो ऐजेण्डालाई बोकेर संगठन हाँक्ने क्षमता म राख्छु ।’
आचार्य अहिलेको नेतृत्व आफ्नो पोल्टामा पार्न मेचि महाकाली यात्रामा छन् । २०५७ मा केन्द्रीय सदस्य,०६१ मा उपाध्यक्ष,०६४ मा महामन्त्री हुँदै उनि अहिले अध्यक्षको उम्मेदवारी दिने दाबी गर्दै देशभरका महाधिवेश प्रतिनिधिसमक्ष सहयोगको अपील गर्दै आएका छन् ।

आसन्न महाधिवेशनबाट १ सय ६१ सदस्यीय समिति चयन हुने छ । यस्तै सात प्रदेशबाट एक÷एकजना उपाध्यक्ष चयन हुनेछन् । यसैगरि प्रदेशबाटै समावेशी कोटाबाट केन्द्रीय समितिमा पदाधिकारीको प्रतिनीधित्व हुने व्यवस्था गरिएको छ ।